लोकसेवा विज्ञापनविरुद्ध माइतीघर मन्डलामा विशाल प्रदर्शन गर्दै

लोकसेवा आयोगले जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाति समर्थकले देशभरि विरोध प्रदर्शन गर्दै आएका छन्। जसअनुरुप आइतबार राजधानीलगायत देशैभर मसाल जुलुस र सोमबार सिठी जुलुस निकालिएको थियो। जेठ १५ गते लोकसेवा आयोगले खुलाएको विज्ञापन समावेशी नभएको र संविधानको मर्मविपरित भएको भन्दै आदिवासी जनजाति समर्थकले विरोध प्रदर्शन गर्दै आएका हुन् ।

सोमबार बेलुका राजधानी काठमाडौंको सुन्धानरदेखि बागबजारसम्म सिठी जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजिनामासमेत माग गरेका छन् ।

उनीहरुले संविधाप्रदत्त समानुपातिक समावेशी सुनिश्चित गर, बहिष्कृत समुदायका लागि आरक्षण सुनिश्चित गर, मन्त्री लालबाबु पण्डित राजीनामा देू लगायतका नारा लगाउँदै सीठी जुलुस प्रदर्शन गरेका हुन् ।

आयोगले जारी गरेको विज्ञापन रोक्ने राज्य व्यवस्था समितिको निर्देशन पालना नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको थियो । उक्त विज्ञापनको माग गरिएको कर्मचार भर्नाको परीक्षा साउन ४ गते हुने भएको छ ।

इतिहासमै पहिलो पटक लोकसेवा आयोग विरुद्ध आन्दोलन भएको छ । आयोगको विज्ञापन रद्द गर्न माग गर्दै सुरु गरिएको आन्दोलन अनुरुप आइतबार साँझ काठमाडौं उपत्यकामा मसाल जुलुस निकालिएको हो।

‘आरक्षण बचाऔ आन्दोलन’ले घोषणा गरेको नेपाल बन्दसहितको आन्दोलन अनुरुप आइतबार काठमाडौंको सुन्धारादेखि, न्युरोड, जुद्धशालिक, असन हुँदै रत्नपार्कस्थित शान्तिवाटिकासम्म मसाल जुलुस निकालिएको हो ।

त्यस्तै पूर्वनिर्धारित कार्यक्रमअनुसार मंगलबार राजधानीमा विशाल प्रदर्शन गरिने आयोजकले जनाएको छ। उनीहरुले माइतीघर मन्डलामा विशाल प्रदर्शन गर्नेछन्। लोक सेवाले विज्ञापन रद्द नगरे आयोजकले साउन २ र १० गते नेपाल बन्दको आह्वानसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published.