एसइईमा उत्कृष्ट नतिजा ल्याउने थारु विद्यार्थीलाई समाजले छात्रवृत्ति दिने

एसइईमा उत्कृष्ट नतीजा ल्याउने थारु विद्यार्थीलाई थारु विद्यार्थी समाजले छात्रवृत्ति प्रदान गर्ने भएको छ। समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार जिपिए ४ ल्याउनेलाई नाइटिङ्गेल स्कुलबाट प्लस टुका लागि फुल छात्रवृत्ति प्रदान गरिनेछ। त्यस्तै ए प्लस ल्याउनेलाई पचास प्रतिश त र ए ल्याउनेलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ। 

त्यस्तै ३.२ माथि जिपिए ल्याउने विद्यार्थीलाई सम्मानसमेत गर्ने अध्यक्ष चौधरीले जानकारी दिए। ३.२ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीले समाजको बाघबजारस्थित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै [email protected] मा मार्कसिट इमेल गर्न आह्वान गरिएको छ।

 

Leave a Reply

Your email address will not be published.