खेलकुदका लागि २१ करोड

budjetकाठमाडौं- आव २०७०/७१ को बजेटमा खेलकुदको पूर्वाधार निर्माणका लागि रु २१ करोड बजेट छुट्याइएको छ। आइतबार सार्वजनिक गरिएको नयाँ बजेटमा काठमाडौंको मूलपानी गाविसमा निर्माण हुँदै गरेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला र भैरहवामा निर्माणाधीन क्रिकेट मैदानका लागि रु पाँच करोड बजेट बिनियोजन गरिएको छ। त्यसैगरी आगामी वर्ष नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि रु ३० करोड विनियोजन गरिएको छ।
अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सफलता हात पार्ने खेलाडी तथा कलाकारलाई राज्यले प्रदान गर्ने पुरस्कारमा गरिंदैआएको करकट्टी अबदेखि नगरिने नीति पनि नयाँ बजेटमा उल्लेख छ।
त्यसैगरी खेलाडीका लागि दोलखा जिल्लामा अधिक उचाइ तालिम केन्द्र (हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर) स्थापना गरिने छ भने विद्यालय खेलकुद कार्यक्रमअन्तर्गत राष्ट्रपति रनिङ सिल्ड, नेत्रहीन एवम् बहिरा क्रिकेट, टेबलटेनिस तथा पारा ओलम्पिक खेल सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको पनि बजेटमा स्पष्ट गरिएको छ। रासस

Leave a Reply

Your email address will not be published.