काठमाडौं- राष्टिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले मैदानमा आउन सिके राउतलाई चुनौति दिएका छन्। उनले भनेका छन्, ‘तराई सिके राउत र उसलाई पर्दा पछाडिबाट चलाउनेहरुको विर्ता होइन। तराईका जनता उनीहरुका दास होइनन्। को हो त्यो राउत? आफ्नो विर्ता झैैं गरेर देश फुटाउँछु भन्न पाइन्छ? अँध्यारोमा बसेर षडयन्त्र गर्न पाइन्छ?’
कन्चनपुरको बेलौरी बजारमा आज आयोजित थारु कल्याणकारिणी सभाको जिल्ला भेलामा लेखीले भने, ‘सिके राउत आविष्कार गरिएको मान्छे हो। तराइलाई एक दुई प्रदेशमा सीमित गर्ने प्रयास अन्र्तगत राउतलाई अगाडि सारिएको हुनुपर्छ। यसमा कांग्रेस एमाले सहित मधेसी मठाधीश नेताहरुको पनि मिलेमतो हुनसक्छ। अहिले संविधानसभामा भयानक षडयन्त्र भइरहेको छ तराईलाई थोरै प्रदेश दिनका लागि। यही प्रयोजनका लागि सिके राउत आविष्कार गरिएको हो।’
नेपाल अादिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत रहेका लेखीकाे आरोप थियो, ‘नेपालको ब्राम्हणवादी मिडियाले केही कुरा बुझ्दैन। देश फुटाउनुपर्छ भन्नेहरु र तराईदेखि हिमालसम्म एकढिका हुनुपर्छ भन्नेहरुलाई एउटै चश्माले हेर्छ। पहाडमा धेरै प्रदेश बनाउँदा मिल्ने तर तराईमा बनाउनुपर्छ भन्दा यहाँको मिडियाले देशको अर्थतन्त्रले धान्दैन भन्ने प्रचारवाजी गरिरहेको छ।’
लेखीले भने, ‘थरुहट तराईलाई जर्बजस्ती मधेस बनाइयो। मधेस बनाउन सहयोग गर्ने यिनै पहाडी ब्राम्हणवादी नेताहरु थिए। अहिले पनि यिनैले सिके राउत आविष्कार गरेर तराईका आदिवासी जनजातिलाई सिध्याउन खोजेका हुनसक्छन्।’ तराई सिके राउतहरुको होइन भन्दै उनले भने, ‘यी तिनै सिके राउत हुन् जसले विगतमा थारु जातिको कुनै अस्तित्व छैन, सबै मधेसी हुन् भनेर अभियान चलाएका थिए। यो देशमा सबैको अस्तित्व स्विकार गरिनुपर्छ, सहअस्तित्वलाई स्विकारेर यो देशमा सबै बस्नुपर्छ।’
उनले जातीय अधिकारको कुरा गर्दा साम्प्रदायिक सोचबाट निर्देशित नहुन पनि अपिल गरे। आदिवासी जनजाति सभासद ककस निर्माणको प्रसंगमा उनले भने, ‘ककस नराम्रो होइन तर पैसाको चलखेल हुन थालेपछि ककस घाडो बन्छ। कालो चिया र बिस्कुट खाएर बैठक गरौं र ककस बनाऔं भन्ने मेरो प्रस्ताव मानेनन्। पहिले पनि ककस अन्तराष्टिय शक्तिहरुको पछाडि कुदेको हो, अब चाहिँ त्यसो नहोस्।’
उनले सोधे, ‘तारे होटलहरुमा महिनौंदेखि बैठक गरेर ककस बनाइनु ठीक भएन। देशको आवश्यकताको लागि ककस बनाउने कि अन्तराष्टिय शक्तिकेन्द्रहरुका लागि बनाउने?’
‘कसैले फुटाएर नेपाल फुट्दैन। तराइदेखि हिमालसम्मका जनताले जोडेको देश हो यो। जसले देश फुटाउँछु भन्छ उसलाई प्रहरी खोरमा हाल्नुभन्दा पहिले मानसिक अस्तपताल लैजानुपर्छ’, लेखीको भनाइ थियो।
भेलामा थारु कल्याणकारिणी सभाका केन्द्रीय सल्लाहकार धनीराम चौधरी, केन्द्रीय सदस्य इन्दिरा चौधरी र पूरन राना थारु, अजब राना थारु, होरिलाल चौधरी, सुनिता चौधरी लगायतका वक्ताहरुले बोलेका थिए।
Yo Nepal kasaiko niji hain yo sabai jatjatiko sajha phulwari ho. Tarailai madhesh banaune yinai netaharu ho jo bidesiko esarama tarailai madhesh banaun lagi pareka xa. yo nepal aamako auta mahatwa purn ang ko yo kura sabaile sochnu jaruri xa chahe taraiko janta hos ya pahadko sabaiko utikai adhikar xa.
हैन हिजोआज त् मलाई लेखिजी माथिनै संखा लाग्न थाल्यो भन्या कहिले बाहुनबादी को त् कहिले पहाडी आदिवासि जनजती को बिरोध गर्ने गर्छ त् कहिले मधेसीले हामीलाई हेप्यो भन्छ कुरा के हो?कतै तपाई नै पो NGO/INGO या बिदेशी को इसारामा चलेको त् हैन? हैन मधेश या तराई आन्दोलनमा तपाइको भूमिका के थियो?अहिले के हो?खाली थरुहट थरुहट भन्नु हुन्छ,थरुहट भूमिको रेखांकन के?कुन एरिया थरुहट हो?हामी सुनसरी र मोरंग बसी कुन बसी हौ?हाम्रो थरुहट राज्य कतिवटा छन् तपाइको design मा ???
लेखी सर,तपाइको लडाई राज्यसत्तासंग हो कि सी.के.राउतसंग?येदि तपाईलाई बोल्न अनि राज्य (state)माग्ने अधिकार छ भन्ने,वहालाई नि बोल्ने अधिकार छ!हो म सी.के.राउतको separatism संग सहमत छैन,we are unionist too र बहुमत जनता पनि नहोला तर भबिस्यमा बहुमत जनताको माग separatism मै भए के गर्ने?कसरी बहुमतको कदर गर्ने?बन्दुक बोकेर या अर्को जन आन्दोलन गरेर?या जंगल पसेर?हिजो पंचायत,राजा महाराजाको बिरोधमा लड्दै आयो र हजारौले सहादत प्राप्त गरे , के तपाईहरु फेरि तेही चाहनुहुन्छ ? हामी सदा हतियार लिएर लडी रहू ! येति बेला सबै मिलेर आ-आफ्नो विचार अनि माग स्थापना गर्ने बेला हो,भबिस्यमा हुन सक्ने खतराबाट मुक्ति कसरी पाउने बेला हो यो |त्येसैले हामी सबै मिलेर मधेस या तराईबासी आफ्नो माग स्थापना गरौ !हैन भने भोलि तपाई हामीलाई पनि सी.के.राउत को जस्तै समस्या नआउला भन्ने के ग्यारेन्टी!??? The word “Madhesh or Tarai” means nothing difference and it’s just a word;a plain area so fight for the word makes no sense.
Raj kumar lekhi dai tapai ko bhasan ramro lagyo. ali ajha badhi active hunuhos tharu ko mudda mo sampurn tharu yuba haru tapaiko satha x. dhanya bad.
GOOd Job Lekhi ji