नेकपाकी सचेतक शान्ता चौधरी जब मञ्चमै ढलिन्

संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएर अस्पतालमा भर्ना भए पनि डिस्चार्ज भएकी छन् । चौधरी साढे ५ घन्टाको उपचार पछि डिस्चार्ज भएकी छन् । मंगलबार बिहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि उनी बेहोस भएकी थिइन् ।

उच्च सरकारी वकील कार्यालयको उद्घाटन महान्यायाधिवक्ता अग्नि खरेलले गरेका थिए, सचेतक चौधरी कार्यक्रममा अतिथिको रुपमा उपस्थित थिइन् । सरकारी वकिलकै कार्यालयमा बेहोस भए लगतै चौधरीलाई तत्कालै नजिकैको राप्ती प्रादेशिक अस्पतलमा पुर्‍याइएको थियो ।

चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भएको थियो । धपेडी र उच्च रक्तचापका कारण उनी बेहोस भएको अस्पतालले जानकारी दिएको छ ।

यसअघि पनि चौधरी पटक–पटक यसैगरी विरामी हुने गरेकी छिन् । ‘म कहिले व्लड प्रेसर लो भएर र कहिले हाई भएर समस्यामा पर्दै आएकी छु,’ चौधरीले भनिन्, ‘काठमाण्डुको खुल्ला मञ्चमा आयोजित कार्यक्रममा पनि म बेहोस भएर अस्पताल लगिएकी थिएँ ।’

Leave a Reply

Your email address will not be published.