संसदमा थारु कोटाको माग, तेजुलालले सोधे- नेपालमा कतिवटा संविधान छ?

संसदमा आज पनि रेशम चौधरीलाई शपथ खुवाउनुपर्ने माग भएको छ। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले चुनावमा भारी मतले विजयी भएका रेशम चौधरीलाई शपथ खुवाउनपर्ने माग राखे। उनले नेपालमा कतिवटा संविधान रहेको भन्दै कसैलाई काखा र कसैलाई पाखा गर्न नमिल्ने बताए। ‘नेपालमा कतिवटा संविधान छ? एउटै संविधान हो भने त सामान व्यवहार गरिनुपर्यो। हजारौं मान्छे मार्नेलाई कुनै मुद्दा नलाग्ने जनमत पाएका ब्यक्तिलाई जेल हाल्ने?’ भन्दै उनले प्रश्न गरेका थिए। यसअघि राजेन्द्र महतोले पनि नेकपा अध्यक्ष प्रचण्डलाई आन्दोलन गरेर तपाइँ प्रधानमन्त्री हुने थारुको बच्चा जेल बस्नुपर्ने भनी प्रश्न गरेका थिए।

त्यस्तै नेकपाकी सांसद गंगा सत्गौंवा चौधरीले लोकसेवा आयोगले थारु कोटा व्यवस्था नगरेको भन्दै थारु विद्यार्थीहरु आन्दोलित हुनुपरेको बताइन्। संविधानले पनि थारु कलस्टर छुट्याएको तथा समावेशी सिद्धान्त लागू गरेको भन्दै उनले थारु कोटामा विज्ञापन उपलब्ध गराउन माग गरिन्। हालसालै लोकसेवा आयोगले निकालेको विज्ञापनमा थारु कोटा समावेश गरिएको छैन।

त्यस्तै नेकपाकै सांसद गौरीशंकर चौधरीले हुलाकी सडकको बेथितिबारे सभामुखलाई जानकारी गराए। उनले आफ्नो क्षेत्र कैलालीमा हुलाकी सडकको ठेक्का लिएका मान्छेले हालसम्म पुलको नाममा पिल्लरसमेत नबनाएको बताए। उक्त सडक बेलैमा निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

हेर्नुस् भिडियो 

Leave a Reply

Your email address will not be published.