बबईको बाढीले बर्दिया डुबानमा, साहुनी थारु र राजेन्द्र थारुको मृत्यु

बर्दियाको ठाकुरबाबा नगरपालिका-२ सतघरुवा निवासी ७० वर्षीया साहुनी थारु र बारबर्दिया नगरपालिका-१० गन्दर्भटोलका राजेन्द्र थारुको मृत्यु भएको छ । साहुनीको डुबानमा परेको घर भत्किएर र राजेन्द्रको नदीबाट दाउरा निकाल्ने क्रममा मृत्यु भएको हो ।

बबईलगायत नदी र खोलाहरुमा आएको बाढीले बर्दियाका पाँच हजार घर परिवार डुबानमा परेका छन् । बाढीका कारण सदरमुकाम गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिका बढी प्रभावित बनेका छन् । ति स्थानहरुमा करिब ५ हजार जति घरमा क्षति पुगेको जिल्ला आपतकालिन उद्धार सेवा केन्द्रका सूचना व्यवस्थापक अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रबाट ५ हजार एक सय ३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सुरक्षित हुने प्रयासमा घरको छतमा बसेका र रुखमा चढेकाहरुलाई पनि उद्धारको प्रयास भइरहेको छ । बर्दियाबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन पनि पूर्णरुपमा बन्द छ ।

 

Leave a Reply

Your email address will not be published.