थाकसको महामन्त्रीमा प्रेमीलाल चौधरी, उपमहामन्त्री मीनराज चौधरी

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री तथा उपमहामन्त्री चयन गरेको छ। शुक्रबारदेखि जारी दुई दिने बैठकले प्रेमीलाल चौधरीलाई महामन्त्री र मीनराज चौधरीलाई उपमहामन्त्री चयन गरेको हो।

केन्द्रीय कार्यसमितिको होमवर्क नपुगेको भन्दै उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायतका पदहरु भने अर्को बैठकबाट नियुक्त गर्ने सहमति भएको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए। त्यस्तै बैठकले स्थानीय तह र वडा स्तरमा पनि कमिटी गठन गर्ने निर्णय गरेको छ। त्यस्तै टीकापुर जेलबन्दीलाई मध्यनजर गर्दै भैपरी आउने समस्याको निराकरण गर्न कोषको स्थापना गर्ने निर्णयसमेत गरेको छ।

 

गत असोजमा काठमाडौंमा सम्पन्न २२औं महाधिवेशनले पुनः धनिराम चौधरीलाई नयाँ नेतृत्व सुम्पिएको थियो।

Leave a Reply

Your email address will not be published.