मेधावी थारु विद्यार्थीलाई अमेरिकी थारुले प्रदान गर्ने छात्रवृत्तिको अवसर

गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि छात्रवृत्ति खुलेको छ। थारु एन्ड फ्रेन्ड्स एसोसियसन अमेरिकाले स्कुल, प्लस टु र स्नातकका लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक विद्यार्थीले कात्तिक २९ गतेसम्म फारम बुझाइसक्नुपर्ने छ। आवेदन दिन इच्छु विद्यार्थीले अनलाइन फारम भर्न सकिने सो संस्थाका सचिव सत्यनारायण चौधरीले जानकारी दिए। यहाँबाट अनलाइन फर्म भर्न सकिन्छ। उनका अनुसार थारु समुदायको हरेक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको थारु एन्ड फ्रेन्ड्स एसोसियसनले २०१८-०१९ का लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय छ।

यो संस्था विगत ११ वर्षदेखि जेहेन्दार थारु विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ। मेधावी विद्यार्थीलाई जनही २५ हजारका दरले छात्रवृत्ति प्रदान गर्ने यो संस्थाले मुक्त कमैया कमलरीका छोराछोरी, महिला, अशक्त र आर्थिकरुपले कमजोर भएका विद्यार्थीलाई विषेश प्राथमिकतामा दिनेगरेको छ। विस्तृत जानकारीको लागि [email protected] मा इमेल गर्न सकिने सो संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published.