मिस्टर एन्ड मिस थारुको आज ग्रान्ड फिनाले, कसले जित्ला ताज?

मिस्टर एन्ड मिस थारुको दोस्रो सिजनको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ। काठमाडौंको राष्ट्रिय नाचघरमा हुने अन्तिम स्पर्धामा १४ जना महिला र २० जना पुरुष सहभागी छन्।

अन्तिम प्रतिस्पर्धाका लागि आयोजकले एक जना प्रमुख र ६ जना जज राखेका छन्। प्रमुखमा सांसद तथा पूर्वमन्त्री विजयकुमार गच्छदार छन्। जजहरुमा भने पूर्वमिस नेपाल उषा खड्गी, सामाजिक अभियन्ता रामलाल चौधरी, अभिनेता नाजिर हुसैन, प्रदीप कुमार चौधरी, मिस्टर नेशनल युनिभर्स कौसिक प्रसाईँ र टेलिभिजन प्रस्तोता सगारिका श्रेष्ठ रहनेछन्।

आयोजक जह इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सुरेश कुमार चौधरीका अनुसार तीन जना थारु कलाकारको विशेष प्रस्तुती रहनेछ। उनका अनुसार विजेतालाई पहिलो सिजनका विजेता क्राउन पहिर्याउनुका साथै नगद पुरस्कार र गिफ्टहरु पाउनेछन्।

कार्यक्रम आज दिउँसो ३ बजेदेखि सुरु हुनेछ। जसको लाइभ टेलिकास्ट काष्टमण्डप टेलिभिजन र आयोजकको फेसबुकमा लाइभ हुनेछ।

महिला प्रतिस्पर्धी

मिस थारुको फाइनलमा बाराकी प्रियंका चौधरी, सुनसरीकी आश्मा चौधरी, बर्दियाकी माया चौधरी, चितवनकी सृष्टि चौधरी, मोरङकी आकृति चौधरी, बाराकी उर्मिला चौधरी, महोत्तरीकी रेनु चौधरी, उदयपुरकी सुस्मिता चौधरी, पर्साकी सुनेश्वरी कुमारी दास, सप्तरीकी इलिना चौधरी, रुपन्देहीकी सोनम चौधरी, रुपन्देहीकै मैयाँ थारु, नवलपरासीकी सुनिता महतो थारु र नवलपरासीकै डेजी महतो प्रतिस्पर्धा गर्दैछन् ।

पुरुष प्रतिस्पर्धी

मिस्टर थारुको फाइनलमा रुपन्देही भैरहवाका रविन चौधरी, नवलपरासीका विज्ञान चौधरी, बाराका राजिव चौधरी, रौतहटका हरिशंकर चौधरी, सिराहाका परमानन्द चौधरी, रुपन्देहीका बलिराम चौधरी, सप्तरीका विवेक कुमार चौधरी, रौतहटका श्यामलाल चौधरी, चितवनका दीपकमणी महतो, चितवनकै अभिषेक महतो, सर्लाहीका विवेक चौधरी, रौतहटका दीपेन कुमार चौधरी, कञ्चनपुरका मनोज चौधरी, कञ्चनपुरकै पुष्कर चौधरी, सिराहाका नितेश कुमार चौधरी, सुनसरीका रजनिश चौधरी, सिराहाका सुरजमनी चौधरी, सिराहाकै अमित चौधरी, कैलालीका टेरेन्स महतो र चितवनका मनिष महतो प्रतिस्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published.