रोविन र आकृतिले जिते मिस्टर एन्ड मिस थारुको उपाधि

रुपन्देहीका रोविन चौधरी र मोरङकी आकृति चौधरी मिस एन्ड मिस्टर थारु २०१८ को उपाधि जितेका छन्। काठमाडौंको जमलस्थित नाचघरमा भएको अन्तिम स्पर्धामा उनीहरु विजयी भएकी हुन्। रोविनले २० प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जिते भने आकृतिले १४ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितिन्।

त्यस्तै पुरुषतर्फ फस्ट रनरअप विवेक चौधरी र सेकेन्ड रनरअप दिपेन चौधरी भए। त्यस्तै महिलातर्फ फस्ट रनरअप सुनेश्वरी चौधरी र सेकेन्ड रनरअप आश्मा चौधरी भइन्।

उनीहरुलाई पहिलो सिजनका विजेताहरुले ताज पहिर्याएका थिए। विजेता तिनैजनाले नगद राशिसहित गिफ्टहरु प्राप्त गरेका थिए।

तस्बिर : सुर्य चौधरी

Leave a Reply

Your email address will not be published.