करेन्ट लागेर मञ्जु कुमारी चौधरीको मृत्यु

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। रामग्राम नगरपालिका-१२, शान्तिचौरकी ३२ वर्षीया मञ्जु कुमारी चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।

घरमा कपडा सुकाउने क्रममा अपरान्ह करिब साढे १२ बजे करेन्ट लागेर उपचारका लागि जिल्ला पृथ्वी अस्पतालमा ल्याइएको थियो। उनको उपचारको क्रममा जिल्ला अस्पतालले करिब १ बजे मृत घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published.