चौधरी दम्पत्तिको हत्या

कैलाली- कैलालीको थापापुर गाउँ विकास समिति–४ मोहनपुरमा गएराति एक दम्पतीको हत्या भएको छ। पचास वर्षीय खुसीराम चौधरी र उनकी श्रीमती फुलरानी चौधरीलाई  धारिलो हतियार प्रहार गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक लालबहादुर साउदले बताए।
चौधरी दम्पतीको घाँटी र टाउकामा धारिलो हतियार प्रहार गरिएको देखिएको उहाँले बताउनुभयो। चौधरीका एक मात्र छोरा कञ्चनपुरको महेन्द्रनगर काम गर्न गएको बेला यो घटना भएको छ। स्थानीयवासीको खवरपछि घटनास्थल पुगेको प्रहरीले अनुसन्धानका लागि तीनजनालाई नियन्त्रण लिएको छ।

Leave a Reply

Your email address will not be published.