रुपा रौतार थारुको ‘हिम्मत भाकी छोरी’ एल्बम सार्वजनिक

गायिका रुपा रौतारको एकल स्वर रहेको ‘हिम्मत भाकी छोरी’ एल्बम सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त एल्बम सार्वजनिक गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य सहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी विकास घिरैयाले एल्बम एकसाथ विमोचन गरेका थिए।

सानोमा आफ्नो दुवै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन्। गीतमा रुपाको एकल स्वर रहेको छ भने सुरेशले एकल संगीत दिएका छन्।

गीतहरुमा सरला गह, तेज प्रसाद पाण्डे, रोजिना थापा, डाक्टर कृष्ण हरि बराल, दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको पनि शब्द रहेको छ।

लेख्दै छु बोलको गीतमा प्रविन खड्काको छायांकन, प्रेम नेपालीको सम्पादन र यम पुनको निर्देशन रहेको थियो। यसैगरी सार्वजनिक शीर्ष गीत हिम्मत भाकी छोरीलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्।

यसमा भरत रेग्मीको सम्पादन, सुबोल थापाको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन रहेको छ ।कार्यक्रममा अभिनेता प्रमोद अग्रहरी, निर्देशक मनोज पण्डित, संगीतकार राजु सिंह, गायिका एञ्जिला रेग्मीको उपस्थिति रहेको थियो।

भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published.