थाकस केन्द्रीय अध्यक्षमा चितवनका विश्राम महतोको उम्मेदवारी घोषणा

कारी महतो थारु/भरतपुर।
आगामी असोज ७ देखि ९ सम्म काठमाडौंमा हुन गईरहेको थारु कल्याणकारिणी सभा (थाकस) को २२ औं केन्द्रीय महाधिवेशनमा चितवनका निवर्तमान जिल्ला सभापति विश्राम महतोले केन्द्रिय अध्यक्षको उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

थारु समुदायको गरिमामय छाता संगठन थाकस केन्द्रीय समितिको निस्किृयताका कारणले संगठन नै विघटन हुने अवस्थामा पुगेकोले त्यसलाई संरक्षण गरी आफूले २४ वर्षसम्म विभिन्न तहमा काम गरी हासिल गरेको अनुभवलाई केन्द्र तहमा सदुपयोग गर्नका लागि केन्द्रीय अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।

उनले भने, ‘चितवनको हरेक क्षेत्रमा भवन निर्माणका क्रममा जग्गा पास गर्नका लागि केन्द्रसँग नवीकरण प्रमाण पत्र माग गर्दा नविकरण नै नभएको जानकारी प्राप्त हुन्छ । केन्द्रीय समितिले सिन्को समेत भाँच्न नसकेको अवस्थामा आफूले हरेक कृयाकलापमा थाकसको उचाई वृद्धि गर्न आफू पूर्णकालीन रुपमा समय दिन चाहन्छु ।’

विश्राम महतो थाकसमा दुई कार्यकाल क्षेत्रीय सभापति, एक कार्यकाल केन्द्रीय सदस्य र तीन कार्यकाल चितवनको जिल्ला सभापतिको भूमिका निर्वाह गरेका थिए ।

चितवनका विश्राम महतो लगायत वर्तमान अध्यक्ष धनीराम चौधरी, पूर्वमहामन्त्री राजकुमार लेखी, उपाध्यक्ष प्रेमीलाल चौधरी, संरक्षक अमृत प्रसाद खाँ थारु, जयराम पंजियार, हरिदेवी चौधरी महाधिवेशनमा केन्द्रीय अध्यक्षका दाबेदारहरु रहेको कुरा थारु युवा सभाका केन्द्रीय सदस्य चन्चल चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.