खिचरा महोत्सव’ यस वर्ष पुस २८ देखि माघ ७ सम्म हुने

छैटाैं खिचरा महोत्सव’ पुस २८ देखि माघ ७ सम्म हुने थारु समुदायको महान् चाड खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं.७ ले आयोजना गर्दै आइरहेको ‘खिचरा महोत्सव’ यसवर्ष पनि दश दिन आयोजना हुने भएको छ ।

थाकस क्षेत्र नं.७ को आज (शनिबार) बसेको बैठकले आउँदो पुस २८ देखि माघ ७ गतेसम्म ‘खिचरा महोत्सव–२०७५’ आयोजना गर्ने निर्णय गरेको थाकस क्षेत्र नं.७ का अध्यक्ष चुडामणी चौधरीले जानकारी दिए ।

महोत्सवलाई भव्य र सभ्य रुपमा सफल बनाउन अध्यक्ष चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

‘खिचरा महोत्सव’ पाँचौं संस्करणसम्म आइपुग्दा थारु समुदायको पहिचान बनेको छ । पूर्वी चितवनको खैरहनीमा आयोजना हुने यस महोत्सवले थारु समुदायको कला सँस्कृतिका साथै स्थानीय जातजातिको कला संस्कृतिक संरक्षणमा समेत टेवा पुग्दै आएको छ ।

यस्तै थाकस क्षेत्र नं.७ यस वर्ष थारु महिलाहरुको महान् चाड जितिया पर्वको अवसरमा समेत विशेष कार्यक्रम गर्ने भएको छ । शनिबार बसेको बैठकले असोज १३ गते खैरहनी–८ मगनी चोकमा जितिया विशेष कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष चुडामणी चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.