थारु पत्रकार संघ नेपालले ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्ने

थारु पत्रकार संघ नेपालले यस वर्ष पनि दुई जनालाई थारु राष्ट्रिय पुरस्कार प्रदान गर्ने भएको छ। सतौंन चौधरी स्मृति ट्रस्टद्वारा स्थापना गरिएको ११ हजार १ सय ११ राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार र जोखन-जगत रत्गैँया राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गर्ने निर्णय भएको हो।

पुरस्कारका लागि संघका सबै जिल्ला शाखाले एक महिला र एक पुरुषको नाम सिफारिस गर्ने निर्णय भएको प्रवक्ता किशोर चौधरीले जानकारी दिए। उनका अनुसार भदौ ३१ गतेसम्म सबै शाखाले नाम पठाइसक्नुपर्नेछ।

गत वर्ष नयाँ पत्रिका दैनिकका बाँके संबाददाता विश्वराज पछलदडंगिया र कैलालीकी सक्रिय पत्रकार उन्नति चौधरीलाई प्रदान गरिएको थियो।

त्यस्तै संघले राष्ट्रिय भेला असोज २६ र २७ गते दाङमा गर्ने निर्णय गरेको छ। यसअघि पहिलो साता गर्ने भनिए पनि थारु कल्याणकारिणी सभाको राष्ट्रिय महाधिवेशन भएकाले महिनाको अन्तिम साता गर्ने निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.