बहसमा टीकापुर घटना : मुद्दाका वादी र प्रतिवादीका साक्षीलाई उपस्थित हुन आदेश

लखन चौधरी/धनगढी।
जिल्ला अदालत कैलालीले टीकापुर घटना मुद्दाका वादी र प्रतिवादी तर्फका साक्षीलाई उपस्थित हुन आदेश दिएको छ । बुधबार मुद्दाको पहिलो पेशीको सुनुवाइ गर्दै जिल्ला अदालत कैलालीले त्यस्तो आदेश जारी गरेको हो ।

अदालतबाट जारी आदेशमा उल्लेख छ, ‘जाहेरवाला, वस्तुस्थिति मुचुल्कामा कागज गर्ने मानिसहरू, घटनास्थल प्रकृति, मुचुल्का गर्ने मानिसहरू र प्रत्यक्षदर्शी लगायत प्रहरीमा घटना विवरण, कागज गर्ने वादी पक्षका साक्षी गवाहलाई जिल्ला सरकारी वकिल कार्यालय धनगढी कैलालीमार्फत् उपस्थित गराउनु भनी जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीलाई लेखी पठाउनु र रुजु रहेका प्रतिवादीहरुका साक्षी निजहरूमार्फत् नै उपस्थित गराउन लगाई उपस्थित साक्षी गवाहहरूलाई बुझी नियमानुसार गरी पेश गर्नु ।’ अदालतले आगामी पेशी भदौ २४ गते तोकेको छ ।

तस्बिर सौजन्य : रेडियो डेलीमेल

Leave a Reply

Your email address will not be published.