सरकार र थारु सभासदबीच हुने वार्ता थासकले नमान्ने

Thaksa

थारु कल्याणकारिणी सभाले सरकार र थारु सभासद्हरुबीच हुने वार्ता नमान्ने भएको छ। नवलपरासीमा भएको दुई दिने राष्ट्रिय भेलाले सरकार र थारु सभासद्हरुबीच हुने वार्ता नमान्ने प्रस्ताव पारित गरेको छ।

वार्ताका सहभागीहरुले दोहोरो चरित्र देखाइरहेको भन्दै उनीहरुले गरेको वार्ता नमान्ने निर्णय राष्ट्रिय भेलाले गरेको थारु कल्याणकारिणी सभा आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले बताए। ‘आन्दोलन पनि गर्ने सरकारमा सहभागी पनि हुने भन्दै प्रतिनिधिहरुले उनीहरुले गरेको वार्ता नमान्ने निर्णय गरेको छ,’ लेखीले भने।

यो पनि पढ्नुस्:

राष्ट्रिय भेलामा अध्यक्ष धनिराम चौधरीको राजीनामा माग 

सरकारमा सहभागी भएको भन्दै थारु सभासद्को विरोध

Leave a Reply

Your email address will not be published.