थारुलाई मधेसी बनाउने दुस्प्रयास

Gopal Dahitगोपाल दहित- थरुहट तराईमा थारुहरुको जनसंख्या अहिले पनि सबैभन्दा बढी छ। ल्याबमा ट्यूव बच्चा जन्माएजस्तै नभएर थारुहरुले थरुहट भूगोलमा रहेको बनजंगल, हिंस्रक जनावर, बिषालु सर्प, विच्छी र किरा, महामारी रोजब्याध, जातीय तथा धार्मिक दमन, नरसंहार, प्राकृतिक प्रकोप, राजनीतिक तथा आर्थिक शोषणजस्ता समस्यासित लड्दै स्थापित भएको जातीय जनसंख्या हो। तराईलाई आजको मानव वस्तीयोग्य बनाउने पहिलो श्रेय आदिवासी थारुहरुले पाउँछ। यसर्थ यो भूगोलको ऐतिहासिक नाम थरुहट हो।
भारतीय प्रख्यात लेखक गौरीशंकर द्विवेदीले करिब ५० वर्ष पहिले थरुहट तराईको कञ्चनपुर, कैलाली, बर्दिया, सुर्खेत, सुनार, दाङ्ग देउखर, नवलपुर, चितौन लगायतको जिल्लामा ८० देखि ९५ प्रतिशत जनसंख्या थारुहरुको रहेको कुरा कितानीसाथ उल्लेख गर्नुभएको छ। तर आज यो भूगोलमा थारुहरुलाई सुनियोजितरुपमा अल्पमतमा पार्ने काम भइरहेको छ।
डा. अर्जुन गुनरत्‍नेलगायत विभिन्न विद्धानले आफ्ना विभिन्न पुस्तकमा उल्लेख गरेअनुसार थारुहरु तराईका जमिन्दार, शासक, प्रशासक, किसान हुन्। तर आज उनीहरु क्रमशः आफ्नो विभिन्न खाले सम्पत्ति बाध्य भएर गुमाउनुपरेको छ। यही बीचमा आदिवासी थारुहरुलाई सुनियोजितरुपमा मधेसी बनाउने संस्थागत दुस्प्रयास पनि भइरहेको छ।
२०६५ साल फागनु १५ गते तात्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषद्ले थारुलगायत ९२ विभिन्न जातजातिलाई मधेसी हुन् भनी निर्णय गर्‍यो। ‘हामी थारुहरु मधेसी होइनौं, थरुहट तराईका आदिवासी हौं’ भनी आवाज उठाउँदै यस निर्णयविरुद्ध थरुहट संयुक्त संघर्ष समितिको नेतृत्वमा आफ्नो पहिचान, अधिकार र विकासका लागि आन्दोलन गरे जसमा लाखौं जनसागर स्वतःस्फूर्त ओर्लियो र बाध्य भएर नेपाल सरकारले त्यो कालो दिनको निर्णयबाट पछाडि हटेर थारुलाई आदिवासीको रुपमा स्वीकार्‍यो। हुन त आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठान ऐनले थारुहरुलाई आदिवासी जनजातिको सूचीमा राखी परिभाषित गरेको छ, तर थारुहरुकै रगत, पसिना र भोटबाट सरकारमा पुगेको प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले थारुहरुलाई मधेसीमा सूचीकृत गरिदिएको पहिलो ऐतिहासिक उपहार थियो, फेल भयो।
मधेसी समुदायका लेखकले पनि पटक-पटक थारुहरुको पहिचान र आत्मसम्मानविरुद्ध तिखा कलम चलाउने गरेको पाइन्छ। उनीहरुले करिब ३ सय वर्ष अगाडि थरुहट तराई भूगोलमा विभिन्न कामको खोजीमा प्रवेश गरेका समुदाय जसलाई थारुहरुले “बज्जिया” भन्ने गर्छन्, तिनीहरुसित हजारौं हजार वर्षदेखि थरुहट तराई भूगोलमा बसोबास गरी आएका “आदिवासी थारुहरु”लाई एउटै समूहमा राखी सतही विश्लेषण गर्न नखोजेको होइन। मधेसी दलहरुले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न ‘थारुहरुलाई मधेसी हुन्’ भनी आफूमा बिलय गराउने कतिपय हर्कत गर्दै आएका छन्। थारु र मधेसीमाथि राज्यले गर्ने गरेको असमान ब्यवहार, राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिकलगायत विभिन्न खाले शोषण उत्पीडन एउटै खाले छ, तर पहिचान, आत्मसम्मानको परिभाषा फरक-फरक छ।
पछिल्लो चरणमा आएर थारुहरुलाई मधेसी बनाउने संस्थागत दुस्प्रयास देश, समाज, क्षेत्र र वर्गको उत्थान र विकासभन्दा नितान्त ब्यक्तिगत स्वार्थमा निर्लिप्त रहने र केवल आफू प्रधानमन्त्री बन्ने ध्याउन्नमा रहेका थारु जातिका नेताकै नेतृत्वमा रहेको केही मधेसी राजनीतिक दलले गरी राखेका छन्। जुन दलको नाम “मधेसी…..”बाट सुरु हुन्छ र जसको पार्टीगत घोषणा पत्रले “एक मधेस प्रदेश” शीर्षस्थ लक्ष्यमा राखी सोहीअनुसार आफ्ना राजनीतिक गतिविधि चलाउँछ, उसबाट थरुहटको पहिचान, अधिकार र आत्मसम्मानको के आशा भरोसा गर्ने? यसै दलका जिम्मेवार नेताहरुले “थारुहरु पनि मधेसी हुन्”, “मधेसीहरुसित नमिली केही पनि गर्न सकिँदैन” भन्ने लज्जास्पद तर्क गरी लुते वकालत गर्ने गर्छन्।
कुनै बाहुन, क्षेत्री, राई, लिम्बु वा अन्य कुनै अमुक समुदायको कसैले थारुहरु मधेसी हुन् भनी तर्क वितर्क गर्नुले खासै राष्ट्रिय माने राख्दैन। तर स्वयं थारु समुदायका, त्यसमा पनि मधेसी दलका केही शीर्षस्थ नेताले “थारुहरु पनि मधेसी हुन्” भनी अभिब्यक्ति दिँदा “थारुहरुको पहिचान, आत्मसम्मान र गौरवमय इतिहासमा समेत दाग लगाउने दुष्प्रयास भइरहेको” अनुभूति आदिवासी स्वाभिमानी थारुहरुले गरी राखेका छन्।
स्वाभिमानी थारुहरुले आफ्ना खेतबारी गुमेकोमा, शहीद बन्नु परेकोमा, दुखपीडा पाएकोमा, अन्याय अत्याचार सहन गर्नु परेकोमा धैर्य गर्न सक्छन्, तर आफ्नो पहिचान र आत्मसम्मानमाथि धावा बोल्ने, खेलवाड गर्ने र नामनिसान समाप्त बनाउन कुचेस्टा गर्ने समूह, ब्यक्ति र हर्कतविरुद्ध हात जन्जिरले बाधेर, मुखमा दही जमाएर र सहनसिलताको पराकाष्ठा नाघेर बस्दैन, मुतोड जवाफ दिन सक्छन्, दिनुपर्छ र दिन्छन्। थारुहरुको पहिचान, पेसा र मुक्तिको आन्दोलन जहिले पनि नेपालको राष्ट्रियतासित जोडिएको छ। यसर्थ थरुहटको मुद्दा, पहिचान, आत्मसम्मान र अधिकार प्राप्तिको लागि संघर्ष गर्नु सबै जाति, वर्ग, लिंग, क्षेत्रको नैतिक, भौतिक, आर्थिक र राजनीतिक जिम्मेवारी बन्छ।
थारुहरुलाई मधेसी बनाउनुको प्रमुख कारणहरु :
(क) थारुहरुको पहिचान र आत्मसम्मानमा ठेस पुर्‍याई थकीत बनाउन।
(ख) हजारौं बर्षको थारुहरुको त्याग, तपस्या र बलिदानी साथै थरुहटको इतिहासलाई नामेत पार्न।
(ग) थारुहरुलाई आदिवासीको हैसियतले पाउने हकअधिकारबाट बन्चित गराउन।
(घ) आदिवासी जनजातिहरुको आन्दोलनलाई कमजोर बनाउन। आदिवासीहरुको बीचमा फुट ल्याउन।
(ङ) केही दलहरुको राजनैतिक अभिष्ठ पूरा गर्न।

21 thoughts on “थारुलाई मधेसी बनाउने दुस्प्रयास

  1. अती राम्रो कुराको उठान गर्नु भो दहित जि । अब हामी आफ्नो पहिचानको लागि अझ सशक्त भएर आन्दोलित हुनु जरुरी छ ।

  2. हामी थारुहरू मधेसी होइनौं । जसले हामीलाई मधेसी भन्छ,मधेसीको संज्ञा दिन्छन् त्यसको प्रतिकार गर्छौं । साथै हामीले ती मधेसी दलहरू र राजनीतिक दलहरूका अभिष्ट कदापि पुरा हुन दिन्नौं । सम्पूर्ण थारु एक हौऔं । “थारु एकता,थारुको शान” भन्ने अभियान चलाऔं । थारुवान जिन्दावाद !! नेपाल जिन्दावाद!!

  3. sab partham ta hamro tharu daju bhai tatha didi bahini haru aba ko audo chunab ma prachanda daka ko party lai vot nadinu hola ra dosro jun hamra tharu neta haru tharu haru lai madesi banaune sadyentra garne ti dahi chiure neta haru lai pani muhtod jawaf dinu parchha jai tharuhat adibasi janajati tharu jindabad

  4. Gopal Dada do something I dont wanna be Madhesi , I love my identity , I am proud of being Tharu . So Ur the only hope . That’s why I call U the LIGHTING LAMP OF THE THARU

  5. Thank you so much Gopal ji for excellent article. It will support to united tharu for our identity.

  6. Good article.Meanwhile,I hope you will also publish the detail article about identity and ab-originality of Tharu. Hopefully,
    Tharu movement in Nepal will be an example of national integrity,harmony and also maintain the unique nationality of Nepal.

  7. नमस्कार दाइ लेख राम्रो छ यसले हामी थारुलाई आफ्नो पहिचान र आत्मसम्मान जोगाइ राख्नुपर्छ र यससंग खोलवाड गर्ने जोकोहीलाई छाड्नुहुदैन् भन्ने शिख दिन्छ । तर मलाई के लाग्छ भने “भाइ फुटे गवांर लुटे” भने जस्तो थारुका पहिचान र आत्मसम्मान जोगाइ राख्न संघ्रषरत अगुवा थारुनेताका फुटका कारण हाम्रो पहिचान र आत्मसम्मानसंग खोलवाड गर्ने साहास यी दल वा नेताहरुले गरिराखेका छन् । मेरो बिचारमा यस्ता नेतालाई थारुका कुनैपनि कार्यक्रमा उपस्थीत हुने मौका दिनु हुदैन वा साथ दिनु हुदैन तर बिडम्बना पावरमा भएकाबेला यीनैलाई विशेष अतिथीको आशनमा बसाइएको हुन्छ अनि गल्ती कस्को नेताको की हाम्रो समाजको??? स्वार्थको राजनिती गर्ने हाम्रा देशका नेताहरुले आफ्नो पासपोर्ट र परिवारलाई दाउमा लगाउन पछि पर्दैन भने पहिचान र आत्मसम्मानको के कुरा……

  8. tapai le naya bichar sahit Tharu haru ko pahichan , aastitwo bachauna jun kisim ko aabhin chalnu vayo theyo sarahaniya 6. Hajur lai dhannyabad.

  9. Dhanybad, sir yas bhanda agadi pani face book ma hajur lai comment ayako dekhiyo Madhe sanga Sambandhit thiyo tesm ali clear bhayna te ke thiyo ?

  10. tharulai madhesima milaunu bhaneko tharu pahichan metaunu ho. tharulai madhesi ma milayama hamro tharu jatiko hak ra aadikar khosnu ho.

  11. Sarbapratham ta Dahit g dherai dherai Dhanyabaad tapailai Tharuharuko barema valuable kura gareko ma. vastav ma tharu haruko pahichan ra tyagle garda nai aaja Nepal ra Nepali raheko chha. haina vane aaja Nepal India ko ek state ko rupma hunethyo ya ta aru kunai deshko underma. Yadi hamro pahichan, tyag ani balidaan lai kunai pani neta wa partile metauna khojchha vane hami tesko birudda ma je pani garna tayar hunuparxa. Kunai pani haalat ma aadivasi Tharu lai Madheshi vanna mildaina.

Leave a Reply

Your email address will not be published.