नेपाल टेलिकमको एसएमएस सेवा नि:शुल्क

नेपाल टेलिकमले आइतबारदेखि एसएमएस सेवा निःशुल्क उपलब्ध गराएको छ। केही दिनदेखिको वर्षाले उत्पन्न असहज परिस्थितिमा राहत तथा उद्धारको कार्यलाई सघाउ पुगोस् भनेर उक्त सेवा नि:शुल्क दिएको सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

साउन ३१ गतेसम्म देशभर उपलब्ध हुने यो नि:शुल्क सेवाबाट उद्धार, राहत तथा सतर्कतामा सघाउ पुग्ने कम्पनीले विश्वास लिएको छ।

यसअघि दूरसंचार प्राधिकरणले प्रभावित क्षेत्रमा केही सेवाहरु नि:शुल्क दिन सेवाप्रदायकहरुलाई निर्देशन दिएको थियो।

Leave a Reply

Your email address will not be published.