टिन प्रिन्सेस नेपालको उपाधि सजिनालाई, सुनैना चौधरी मस्ट व्युटिफूल

सोह्र प्रतिष्पर्धीलाई पछि पार्दै सजिना खनालले ‘टिन प्रिन्सेस नेपाल–२०१७को उपाधि जितेकी छिन्। र्यायम्पजोन इन्टरप्राईजेजले आयोजना गरेको प्रतियोगितामा प्रिया खड्का ‘फस्ट रनर अप’, सृष्टि मोडल ‘सेकेन्ड रनरअप’ र सुष्मा थापा ‘थर्ड रनरअप’ भए।

प्रतियोगितामा प्रशंसा ताम्राकार ‘मस्ट पपुलर’ र ‘बेस्ट हेयर’, रुबिसा श्रेष्ठ ‘बेस्ट क्याटवाक’, पुजा तामाङ ‘मस्ट डिसिप्लेन’, सुनैना चौधरी ‘मस्ट व्युटिफूल’ र ‘बेस्ट स्किन’, रेनु सेन्चुरी ‘मस्ट चार्मिङ’, अर्पना खतिवडा ‘मल्टिमिडिया च्वाईस्’, पेर्सिस राई ‘मस्ट कन्पि्कडेन्ट’, दिक्षा अधिकारी ‘डाईनामिक’, समिना शाही ‘बेस्ट स्माईल’, निरुता रोका ‘मस्ट इन्टेलीजेन्ट’, मनिषा थापामगर ‘मस्ट फेन्ड्ली’ र दिपा लुईटेल ‘बेस्ट पर्सनालिटी’ बने।

र्‍याम्प जोनकी अध्यक्ष रमी श्रेष्ठ बज्राचार्यले किशोरीहरुको व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताईन्। प्रतियोगिताको निर्णायकमा अभिनेत्री रोशनी केसी, जेबिका कार्की, अभिनेता नविन लम्साल, संगीतकार अनिल शाही, पत्रकार सरोज प्याकुरेल, व्यवसायी बालकृष्ण पोखरेल, वल्ड नेवा अर्गनाईजेनशकी अध्यक्ष बबिता प्रधान श्रेष्ठ थिए।

Leave a Reply

Your email address will not be published.