मानवीय सेवामा थाकस दक्षिण कोरियाको अग्रसरता

कारी महतो/चितवन
दक्षिण कोरियामा स्थापना भएको थारु कल्याणकारिणी सभा (थाकस)ले मानवीय कार्यमा तिब्रता दिन थालेको छ। दुई महिना अगाडि चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ बछौली घर भई हाल कोरियामा रहेका जीतबहादुर चौधरीलाई थाइराइड भई अपरेसन गर्दा धेरै खर्च लाग्ने भएपछि थाकस दक्षिण कोरियाको संस्थागत पहलमा तीन लाख वोन संकलन गरी सहयोग गरेका कुरा उपाध्यक्ष शिव चौधरीले बताए ।

त्यसै क्रममा उपाध्यक्ष शिव चौधरीले आफ्नै व्यक्तिगत पहलमा पनि बाह्र लाख वोन संकलन गरी विरामी जीतबहादुर चौधरीलाई सहयोग गरेका थिए। कुल जम्मा गरेर नेपाली एक लाख चालिस हजार सहयोग गरेका थिए। दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले उक्त रकम सहयोग गरेका थिए।

साउदीमा दुवै मृगौला फेल भई हाल काठमाडौंमा उपचार गराईरहेका अति विपन्न युवा हरेराम महतोको लागि पनि थाकस दक्षिण कोरियाले सहयोग रकम संकलन अभियानमा जुटेको कुरा उपाध्यक्ष शिव चौधरीले जानकारी गराए । थाकस दक्षिण कोरिया र चितवन सम्पर्क समितिले संयुक्त रुपमा संकलन गरेको सहयोग हालसम्म साठी हजार नेपाली रुपैयाँभन्दा बढी पुगेको उपाध्यक्ष चौधरीले जानकारी गराए।

चौधरीले हरेराम महतोलाई सहयोग पठाए लगत्तै २०६५ सालको थरुहट आन्दोलनमा घाइते भई अपाङ्ग भएका सन्जीत महतोका लागि सहयोग संकलन गर्ने जानकारी गराए।

हरेराम महतोको लागि देशविदेशबाट सहयोग रकम आउने क्रम जारी छ। हालसम्म तीन लाख भन्दा बढी सहयोग संकलन भएको हरेराम महतो बचाऊ अभियानका संयोजक हरि कुमार चौधरीले जानकारी गराए।

Leave a Reply

Your email address will not be published.