टीकापुर घटनामा थारुलाई दोषी देख्ने सरकारले झापा विद्रोहमा घाँटी रेट्ने केपी ओली र जनयुद्धकालमा मान्छे मार्ने प्रचण्डलाई पनि कारबाही गरोस् : रुक्मिणी चौधरी

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले टीकापुर घटनामा थारु मधेसीलाई कारबाही गर्ने सरकारले झापा विद्रोह र जनयुद्धकालका नेतृत्वकर्ताहरुलाई पनि कठघरामा उभ्याउन माग गरेकी छन्। संसदमा बोल्दै सांसद चौधरीले झापा विद्रोहमा केपी ओली र जनयुद्धमाकालमा प्रचण्डले धेरैको ज्यान लिएको भन्दै उनीहरुलाई पनि कारबाहीको माग गरे।

‘यो देशमा धेरै राजनीतिक क्रान्तिहरु भए। झापा विद्रोहमा जुन केपी ओलीले धेरैको घाँटी रेटेका थिए। जनयुद्धकाल प्रचण्डले धेरैको ज्यान लिए। टीकापुर घटनामा थारुलाई दोषी देख्ने सरकार उहाँहरुलाई पनि कठघरामा उभ्याइयोस्,’ उनले भने।

उनले कुनै बेला स्वर्गीय नेता गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाले पनि ठूलो अपराध गरेको भन्दै उनीहरुलाई स्वर्गबाट ल्याएर भए पनि कठघरामा उभ्याउन माग गरे।

उनले अदालतले फैसला नगरिकनै थारुहरुलाई बन्दी बनाएको भन्दै तत्काल रिहाईको माग गरे। ‘थारुले टीकापुर घटना घटाएको हो भन्ने कि प्रमाण पेस गर्नुपर्‍यो नत्र जेलबन्दीहरुलाई जेलामा राख्नु उचित छैन,’ उनले भनिन्।

उनले त्यसबेला पनि तत्कालीन गृहमन्त्री बामदेव गौतमले संसदलाई टीकापुर घटना थारुले गराएको होइन भनेर बोलेको स्मरण गराएका थिए।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.