राजपालाई नमस्कार चिह्नबाट चुनाव लड्न गच्छदारको आग्रह

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष साथै उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टी (राजपा) लाई नमस्कार चुनाव चिह्नबाट चुनाव लड्न आह्वान गरेका छन् ।

उपप्रधानमन्त्री गच्छदारले राजपाले दुई नम्बर प्रदेशमा चुनाव लड्नु पर्ने बताउँदै नमस्कार चुनाव चिह्नबाट जनताका बीचमा जान आग्रह गरेका हुन् । ९ पार्टी एकीकरण पछि बनेको नेपाल लोकतान्त्रिक फोरमको पहिलो वार्षिकउत्सव तथा पार्टी स्थापनाको आठ वर्ष पुगेको अवसरमा बोल्दै गच्छदारले लोकतान्त्रिक फोरमको दूरदृष्टि अहिले आएर सही प्रमाणित भएको उद्घोषसमेत गरे ।

पहिचानका मुद्दा, संघीयताको मुद्दा र संविधान संशोधनका कुरा सरकार, सदन र सडकबाट उठाउनु पर्ने पार्टीको दूरदृष्टि अहिले आएर सफल भएको उनको भनाइ थियो ।
राजनीतिक दृृष्टिले लोकतान्त्रिक फोर अगाडि भएको बताउँदै गच्छदारले राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिका अरु कुनै ठूला भनिएका पार्टीको भन्दा कम नरहेको गच्छदारले जिकिर गरे ।

निर्वाचनको समीक्षा, ‘नट ब्याड, नट सो गुड’

पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका उप्रधानमन्त्री गच्छदारले लोकतान्त्रिक फोरमको पक्षमा औसत परिणाम आएको बताए । आशा गरेका केही नगरपालिका र गाउँपालिकामा पार्टीलाई कांग्रेस र एमाले मिल्दा पनि झिनो मतले पराजित गरे, यसलाई हामीले हार मानेका छैनौँ,” गच्छदारले भने, “वेटर रिजल्ट हाँसिल गर्न नसके पनि यो परिणाम हाम्रो पक्षमा ‘नट ब्याड, नट सो गुड’ जस्तै हो ।”

गच्छदारले ९ पार्टी एकीकरण भएर नेपाल लोकतान्त्रिक फोरम बनिसकेपछि पार्टीले अब मेची महाकाली तराई मधेसमा द्रुत गतिमा संगठन विस्तार हुने अपेक्षा रहेको बताए ।

उनले दुई नम्बर प्रदेशको चुनाव पार्टीका लागि टेष्ट परीक्षा जस्तै भएकाले सबै केन्द्रिय सदस्य तथा जिल्ला नेतालाई दुई नम्बर प्रदेशमा केन्द्रित हुन गच्छदारले निर्देशन दिए ।

“दुई नम्बर प्रदेशमा गएर डेढ महिना खडा हुनुहोस्, हाम्रा उमेदवारलाई गएर जिताउनुहोस् पार्टीले तपाईँलाई उच्च मूल्यांकन गर्नेछ, सम्झनुहोस्, तपाईँलाई रित्तो हात फर्काउँदिनँ ।” पार्टी नेतालाई निर्देशन दिँदै गच्छदारले भने । गच्छारदले लोकतान्त्रिक फोरम चौथो पार्टीको दौडमा रहेका बताउँदै तेस्रो पार्टी बन्ने अठोटका साथ अघि बढिरहेको बताए ।

Leave a Reply

Your email address will not be published.