शेरबहादुर क्याबिनेटमा गोपाल दहित र जितेन्द्र देव दोहोरिएलान् ?

कांग्रेस सभापति शेरबहादुर देउवा ३ सय ८८ मत ल्याउँदै मंगलबार ४०‍औं प्रधानमन्त्री निर्वाचित भए। बिहीबार सात सदस्यीय मन्त्रिमण्डल पनि विस्तार गरे। देउवालाई विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरमबाहेक कमल थापाको राप्रपा, उपेन्द्र यादवको संघीय समाजवादी फोरम र राजपा नेपालका सांसदहरुले पक्षमा मतदान गरेका थिए। 

यतिका दलले समर्थन गरिसकेपछि विजय गच्छदारले दाबी गर्दै आएको साबिकको बाँकी दुई मन्त्रालय धरापमा परेको छ। गच्छदार आफैंले भने उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको शपथ खाएका छन्। बाँकी भूमिसुधार तथा व्यवस्थ मन्त्री बनेका डा. गोपाल दहित र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवको शपथ अन्योलमा परेको छ।

स्रोतका अनुसार कमल थापा र उपेन्द्र यादव सरकारमा आए गच्छदारले बाँकी दुई मन्त्रालय नपाउन पनि सक्छन्। यी दुई सरकारमा नआएको खण्डमा भने यी दुबैले अर्को कार्यकाल पनि मन्त्री बन्न पाउनेछन्।

नेपाल लोकतान्त्रिकका एक नेताका  अनुसार देउवासँग तीनवटा मन्त्रालयको सहमति भएको छ। गच्छदारले पनि देउवालाई तीन वटा मन्त्रालाय दिन दबाब दिइरहेका छन्। केही गरी बाँकी दुइवटै मन्त्रालय पाउने भए मन्त्री पुरानै दोहिरन्छन् वा नयाँ अनुहारले अवसर पाउनेछन्? गच्छदार निकट नेताले भने, ‘केहीगरी बाँकी दुइटै मन्त्रालय पाइए अध्यक्षज्युले पुरानैलाई दोहोर्‍याउन खोज्नुभएको छ।’

ती नेताको भनाई मान्ने हो भने एक साताभित्र डा. गोपाल दहित र जितेन्द्र देवलाई पुनः मन्त्रीको रुपमा देख्न पाइनेछ। त्यसका लागि जनतासँग धैर्य गर्नेबाहेक अर्को विकल्प छैन

Leave a Reply

Your email address will not be published.