कैलाली ५ मा नारदमुनीको मत आरजुभन्दा तीन हजारले बढी

कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् । रानाले २१६३९ मत ल्याउँदा कांग्रेस उम्मेदवार आरजु राणाले १८८७३ मत ल्याउँदै पछ्याइरहेकी छिन् । राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण चौधरीले ५ हजार बढी मत ल्याएका छन् । 

Leave a Reply

Your email address will not be published.