आन्दोलनकारीद्वारा सरकारी गाडी तोडफोड

mime

बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले राजविराजमा जिल्ला भूसंरक्षण र जिल्ला शिक्षा कार्यालयका गाडीमा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीले राजविराज-५ स्थित भूसंरक्षण कार्यालयमा नारा जुलुस गर्दै कार्यालयभित्र पसेर सवारी साधनमा आगजनी गरेका हुन्। प्रदर्शनकारीले कार्यालयमा रहेका केही फर्निचरसमेत तोडफोड गरेको कर्मचारी बुदिलाला खँगले बताए।

त्यस्तै प्रदर्शनकारीले आजै राजविराज–८ स्थित जिल्ला शिक्षा कार्यालय परिसरमा रोकिराखिएको बा १ झ ४७६८ नंको गाडीमा तोडफोड गरी आगजनी गरेका छन्। तोडफोड र आगजनीबाट गाडीमा क्षति पुगेको सो कार्यालयले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.