‘ए बाबा मोर लाग जन्नी खोज दे’

थारु भाषाको ‘ए बाबा मोर लाग जन्नी खोज दे (बुवा मेरो लागि श्रीमती खोजी दिनुहोस)’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। बिहीबार धनगढीमा सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो। साहित्यकार डा. पुष्करराज भट्टले म्युजिक भिडियो सार्वजनिक गरे।

हास्य ब्यङ्ग्यमा आधारित उक्त म्युजिक भिडियोमा मुन थारु, खुशीराम चौधरी र गीता चौधरीको भूमिका रहेको छ। म्युजिक भिडियोमा गायक दर्पण कुसम्या र रमेश मिसनले स्वर दिएका छन्। एस इन्टरटेइन्मेन्ट फिल्म्स् प्रालिको ब्यानरमा बनेको म्युजिक भिडियोको निर्देशन भरत साउँदले गरेका छन्।

अमित बिकेले छायाङ्कन गरेको म्युजिक भिडियोमा साहिल चौधरीको सम्पादन रहेका छन्। धनगढी उपमहानगरपालिका–७ पथरी गाउँमा उक्त म्युजिक भिडियो छायाङ्कन गरिएको थियो। पछिल्लो समयमा थारु भाषामा म्युजिक भिडियो बनाउनेक्रम निकै बढेको छ। म्युजिक भिडियो बन्नेक्रमसंगै नयाँ–नयाँ कलाकार पनि उत्पादन भइरहेको पुराना कलाकार गोविन्द रानाले बताए।

‘हाम्रो पालामा थारु कलाकार पाउनै मुस्किल हुन्थ्यो’, उनले अगाडि भने- ‘अहिले नयाँ–नयाँ थुप्रै कलाकार आएका छन्। यसले कला, संस्कृति संरक्षणमा टेवा पुग्नेछ।’

Leave a Reply

Your email address will not be published.