नेपाल टेलिभिजनको वार्षिकोत्सवमा चम्पन साँस्कृतिक समूहको बेजोड प्रस्तुती

थारु कला, संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आएको चम्पन साँस्कृतिक समूहले नेपाल टेलिभिजनको ३२औं वार्षिकोत्सवमा आफ्नो प्रस्तुती देखाएको छ। थारु संस्कृति प्रवर्द्धन गर्दै आएको समूहका कलाकारहरुले वार्षिकोत्सवमा थारु नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा कलाकारहरु – दिपक दिप, अन्जु चौधरी, करिश्मा चौधरी, गायत्री चौधरी, सुशीला चौधरी, शुभम चौधरी, प्रेरणा चौधरी, राजेन चौधरी, सृष्टी चौधरी, प्रमिला चौधरी, काभ्या चौधरी र दोष हरण चौधरीले प्रस्तती दिएका थिए। जसलाई नन्दुराज चौधरीले संयोजन गरेका थिए। उनीहरुले सखिया, झुम्रा र लाठी नृत्य देखाएका थिए

‘थारु साँस्कृतिक नृत्यको माग राजधानीलगायत विभिन्न ठाउँबाट माग आइरको छ। हामीले आफ्नो संस्कृति बचाउने अभियानमा टेवा पुर्यातउन ती ठाउँहरुमा आफ्नो कला संस्कृति पस्किने काम गरिरहेका छौं,’ समूहका प्रबन्ध निर्देशक नन्दुराज चौधरीले भने।

चम्पनले थारुलगायत विभिन्न साँस्कृति कार्यक्रमहरुमा आफ्नो सहभागिता जनाउँदै आएको छ। समूहले थारु फिल्म भौँरा निर्माण पनि गरेको छ। हाल चम्पन साँस्कृति समूहले थारु कलाकारहरुलाई एकीकृत गर्नुको साथै थारु म्युजिक भिडियो निर्माण गरिरहेको चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.