राजधानीमा जम्दै चम्पन साँस्कृतिक समूह

थारु संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उदय भएको चम्पन साँस्कृतिक समूहको माग बढेको छ। थारु झाँकी, थारुहरुको लोक कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने समूहको रुपमा स्थापित भएको चम्पनको माग राजधानीमा बढ्दो छ। त्यसो त अघिल्लो वर्ष यही समूहले चितवनको खिचरा महोत्सवमा आफ्नो कला प्रस्तुत गरेको थियो। राजधानीमा हुने थारुहरुको माघी, जितिया पर्वमा पनि यो समूहको जोडदार प्रस्तुती रहँदै आएको छ।

हालसालै यो समूहले राजधानीको लालीगुरास स्कुलमा थारु नृत्य प्रस्तुत गरेको थियो। त्यतिमात्र नभएर मातृभाषा दिवसको अवसरमा यही समूहले प्रज्ञा प्रतिष्ठानमा झाकी प्रस्तुत गरेको थियो।

यो पनि पढ्नुस्: थारु कला र संस्कृति जगेर्ना गर्दै चम्पन सांस्कृति समूह

यो समूहले प्रज्ञा प्रतिष्ठानमै आयोजित नेपाल-कोरियाको साहित्य, सँस्कृति र कला महोत्सवमा आफ्नो प्रस्तुती दिएको थियो। थारु समुदायमा प्रचलित थारु नृत्यहरुका कारण चर्चामा रहँदै आएको चम्पन साँस्कृतिक समूह थारु भाषाको नाटक र थारु भाषाकै फिल्म पनि बनाउँदै आएको छ। यही समूहको ब्यानरमा दर्जनौं थारु भाषाको गीत र म्युजिक भिडियो पनि निर्माण भएका छन्।

‘हामीले थारु भाषा र सँस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले चम्पन साँस्कृतिक समूहको स्थापना गरेका हौं,’ समूहका प्रबन्ध निर्देशक नन्दुराज चौधरीले थारुवानसँग भने, ‘आगामी दिनमा यो समूहलाई सबै हिसाबले परिपक्व बनाएर अगाडि बढाउने योजनामा छौं।’

Leave a Reply

Your email address will not be published.