कमलरीबारे बनाइएको फिल्म लावाजुनीको छायाँकन सकियो

कमलरी विषयवस्तु रहेको चलचित्र लावाजुुनीको छायाँकन सकिएको छ । फागुन २२ देखि सुरु भएको लावाजुनीको छायाङ्कन आज सकिएको लेखक तथा निर्देशक केएल पीडितले जानकारी दिए । केही दृश्यको छायाँकन भने गत वर्ष नै गरिएको कुरा पनि निर्देशक पीडितले जानकारी दिए ।
चलचित्र लावाजुनीले थारु समुदायका बालिकाहरुको मुक्ति र शिक्षाको मुद्दालाई उठाएको निर्माता समेत रहेका निर्देशक पीडितको भनाई छ । लावाजुनीमा छविलाल कोपिला, ज्वाला खतिवडा, अनिता महतारा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वली लगायतका स्थानीय कलाकारहरुको अभिनय छ ।

चलचित्रमा संगीत सन्तोष श्रेष्ठको रहेको छ भने स्वर कोमल वली, कुलानन्द गिरी, स्वीकृति डाँगी र कोमलसरी घर्तीको रहेको छ । लावाजुनी चलचित्रको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत छन् भने निर्माताहरुमा बसन्तराज भट्ट र रिना खड्का छन् ।

Leave a Reply

Your email address will not be published.