‘मैले थारुविरोधी गतिविधि गरेको छैन, मलाई थारुविरोधी भन्न पाइँदैन’

नेकपा एमालेकी नेतृ शान्ता चौधरीले आफू थारुविरोधी नभएको बताएकी छन्। उनले आफूले थारुविरोधी गतिविधि गरेको भेटिए सार्वजनिकरुपमै माफी माग्ने बताएकी छन्। ‘मलाई थारुविरोधी भनेर पटक पटक आरोप लगाउँदै आएको छ। मैले फेसबुक ट्विटर कतैपनि थारुविरोधी गतिविधि गरेको छैन। गरेको भेटाउनुभयो भन्ने भन्नुहोस्, म माफी माग्न तयार छु। मलाई थारुविरोधी भन्न पाइँदैन,’ माघी महोत्सवको क्रममा शान्ताले भनिन्।

उनले केही साना दल दलका ब्यक्तिहरुले थारुका माग उठाउँ जाय हुने, ठूलो पार्टीमा बसेर थारुका माग उठाउँदा थारुविरोधी हुने भन्दै आक्रोश पोखिन्।

उनले सबैभन्दा बढी पीडित समुदायभित्रको ब्यक्ति आफू पनि भएकाले वर्गीय लडाइँमा आफू सधैं अगाडि रहने बताइन्। ‘यो देशको सबैभन्दा बढी पीडा हुने समुदायको चेलीको नाताले पनि म थारुविरोधी होइन,’ उनले भनिन्।

उनले एउटा थारुले भनेको सबै कुरा सही हुन्छ भन्ने हुँदैन भन्दै उनीहरुको पछि कुद्नुपर्छ भन्ने कहाँ लेखेको प्रश्न गरिन्। उनले माघीमै एकताको सन्देश दिन नसकेको बताइन्। ‘एउटै मञ्चबाट कार्यक्रम गरेको भए यो देशको नेताहरुलाई चुनौती हुन्थ्यो। तर माघी पनि हामीले त्यो गर्न सकेनौं,’ उनले भनिन्।

उनले थारुहरु शोषित भए पनि एक ढिक्का नभएसम्म अधिकार सुनिश्चित हुन नसक्ने बताइन्।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.