सामसुङ मोबाइलको मूल्य घट्यो

SamsungGalaxyS4

सामसुङ कम्पनीले नेपालमा बिक्री हुने सबै किसिमका फोन सेटको मूल्य घटाएको छ। सामसुङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आईएमएस)ले मोडलअनुसार एक सय ५० देखि १० हजार रुपैयाँसम्म मूल्य घटाएको हो। कम्पनीले ९१ हजार पाँच सय मूल्य तोकेको सामसुङ ग्यालेक्सी नोट थ्रीको मूल्यमा १० हजार घटाएको आईएमएसका मार्केटिङ प्रमुख पुष्कल खतिवडाले बताए।
यस्तै सबैभन्दा सस्तो सामसुङ गुरु १२०७ को एक सय ५० रुपैयाँ घटाएर दुई हजार ५० मूल्य तोकिएको छ। सामसुङ मोबाइलप्रति  ग्राहकको आकर्षण बढेकाले सबै मोडलका स्मार्टफोनको मूल्य घटाएको खतिवडाले बताए। कम्पनीले हाल २१ मोडलका फोन नेपाली बजारमा बिक्री गरिरहेको छ।
सामाजिक सञ्जाल र इन्टरनेट चलाउन सजिलो हुने, छिटो इन्टरनेट चल्ने, मल्टिमिडिया  सुविधाका कारण अहिले स्मार्ट फोनतर्फ ग्राहक बढी आकर्Èित भइरहेको खतिवडाको भनाइ छ। विभिन्न खाले आधुनिक र सुविधायुक्त मोबाइल एप्लिकेसन र गेमहरू खेल्न मिल्ने भएकाले यस्ता फोनमा युवा पुस्ताको विशेष आकर्षण रहेको उनले बताए।
एक अध्ययनले माइक्रोम्याक्स, कलर्स, लेनोभो, सोनीलगायत स्मार्टफोनको बिक्री पनि बढ्दै गएको देखाएको छ। सामसुङले बजार हिस्सा नगुमाउन मूल्य घटाएको हो। तर, खतिवडाले भने यो कुरालाई अस्वीकार गरेका छन्, ‘ग्राहकको पहिलो रोजाइ नै सामसुङ हो। हामीलाई बजार हिस्सा गुमाउने चिन्तै छैन। विभिन्न ब्रान्डका स्मार्टफोन बजारमा आउन थालेपछि ग्रे मोबाइलसँग प्रतिस्पर्धा गर्न पो हामीले मूल्य घटाएका हौँ,’ खतिवडाले भने। प्रतिस्पर्धामा आउन र विशेषगरी बढ्दो आकर्षणलाई ध्यानमा राखेर मूल्यमा छुट दिएको उनको भनाइ छ। सामसुङको मोबाइल बजारको ६५ प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी छ।
एप्पलको आई–फोन, नोकिया, सामसुङ, सोनी, एलजी, मोटोरोला, ब्ल्याकबेरीजस्ता ब्रान्डेड फोन र भारतमा उत्पादन हुने स्पाइस, कलर्स, कार्बन, म्याक्रोम्याक्स, लाभालगायत स्मार्टफोन बजारमा किन्न पाइन्छन्। यसबाहेक चिनियाँ स्मार्टफोनहरू पनि नेपाली बजारमा छ्यापछ्यापती भेटिन्छन्। बजारमा विभिन्न ब्रान्डका ८ हजार देखि १ लाख रुपैयाँ पर्ने स्मार्ट फोन पाइन्छन्।
बिक्रेताका अनुसार नेपाली बजारमा सबैभन्दा बढी रुचाइने स्मार्टफोन सामसुङ हो। गुणस्तरीय, वारेन्टी र देशभर सेवा केन्द्र भएकाले  सामसुङका स्मार्टफोन धेरै बिक्री हुने गरेको सीटीभी केयरका सेल्स एक्जुकेटिभ सुमित्रा लोप्चनले बताइन्।

मोबाइल मोडल         पहिलेको मूल्य रु.   अहिलेको मूल्य रु.
ग्यालेक्सी नोट थ्री     ९१, ५००                ८१,५००
ग्यालेक्सी नोट टू      ६८,०००                  ६०,०००
ग्यालेक्सी एस फोर    ७५,९००               ६९,५००
ग्यालेक्सी एस थ्री     ५३,५००                 ४४,६००
ग्यालेक्सी एसफोर मिनी  ५१,५००          ३८,८००
ग्यालेक्सी मेगा         ४४,०००                ३९,६००
ग्यालेक्सी गियर         ४६,५००               ३७,५००
ग्यालेक्सी ग्रान्ड         ३७,५००               ३३,५००
ग्यालेक्सी कोर          २९,५००                 २४,२००
ग्यालेक्सी एस डुअस २    १८,५००           १८,५००
ग्यालेक्सी एस डुअस      २२,५००            १७,७००
ग्यालेक्सी ट्रेन्ड           १६,५००                 १३,६५०
ग्यालेक्सी ट्याब थ्री एस
एसएम टी ३११०                 ५०,८००         ४४,७००
ग्यालेक्सी ट्याब थ्री
एसएम टी २१००                 २६,९००        २३,७००
ग्यालेक्सी ट्याब टू ७.०   ३७,३००           ३१,०००
ग्यालेक्सी प्रो             १३,०००                  ११,५००
ग्यालेक्सी योङ            १५,०००               १२,८००
ग्यालेक्सी स्टार           ९,६००                 ८,७००
रेक्स ६०                ६,७००                       ६,५००
गुरु १२०७               २,२००                       २,०५०

Leave a Reply

Your email address will not be published.