माघ १ गतेदेखि थारू फिल्म भौँरा चल्दै

थारू फिल्म भौँरा माघ १ गतेदेखि चल्ने भएको छ। दाङको देउखुरीस्थित सत्यसाई सिनेमा हलमा माघ १ गतेदेखि चल्ने फिल्मका निर्माता नन्दु चौधरीले जानकारी दिए। चम्पन साँस्कृतिक समूहको ब्यानरमा बनाइएको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता चौधरीले जानकारी दिए। ‘फिल्ममा थारु साँस्कृतिका अलवा थारु समुदायमा विद्यमान कमैया, कमलरी प्रथाजस्ता कूरीतिहरुबारे पनि देखाएका छौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published.