संजय चौधरीको ‘पूर्वे गेलही पच्छिए गेलही’ बजारमा

पपगायक संजय चौधरीले थारु भाषाको गीत बजारमा ल्याएका छन्। थारुको तीन भाषामा रेकर्ड गराइएको गीतमा उनलाई सिरहाका आशिष चौधरी र दाङकी उमा चौधरीले साथ दिएका छन्। ‘पूर्वे गेलह पच्छिए गेलही’ बोलको गीत उनी आफैंले लेखेका हुन्। उनकै संगीत रहेको गीतमा कृष्ण लिम्बुले संगीत संयोजन गरेका छन्।
गीतको म्युजिक भिडियो छिट्टै बजारमा आउने गायक चौधरीले जानकारी दिए। अरुण अार्यन चौधरीले निर्माण गर्ने मयुजिक भिडियो थारु कल्चरल थिममा बनाइने बताइएको छ।

Leave a Reply

Your email address will not be published.