थारु पत्रकार संघ बाराको माघी मिलन कार्यक्रम

थारु पत्रकार संघ नेपाल बारा शाखाले आज माघी मिलन कार्यक्रम आयोजना गरेको छ। बाराको सदरमुकाम कलैयास्थित थारु कल्याणकारिणी सभाको सभाहलमा कार्यक्रम आयोजना हुने संघका सदस्य दुष्यान्त चौधरीले जानकारी दिए। थारु नयाँ वर्ष माघीको उपल्क्षयमा कार्यक्रम आयोजना गरिएको उनले बताए।

माघी मिलन कार्यक्रममा थारु नेता, बुद्धिजीबी, पत्रकार, नागरिक समाजका अगुवाहरुलाई निम्त्याइएको छ। उपस्थित सबै अितिथिलाई थारु परिकार घोङी, गंगटा, तिल भुजाको लड्डु खुवाइउनले उनले जानकारी दिए।

कार्यक्रममा बाराका थारु सांसाद नेकपा एमाले वलवीर चौधरी र माओवादी केन्द्रकी दिलमाया धामीलाई पनि बोलाइएको छ। सोही अवसरमा संघको बारा शाखाको अफिसको उद्‍‍घाटन हुनेछ। थारु कल्याणकारिणी सभाले उपलब्ध गराइदिएको एउटा कोठामा संघको शाखाको शुभारम्भ हुने दुष्यान्तले बताए।

Leave a Reply

Your email address will not be published.