कैलालीमा लवांगी पूजा र घोरीघोरा महोत्सवको रौनक [फोटो फिचर]

कैलालीको घोडाघोडी नगरपालिका १ मा पर्ने पश्चिम तराईका थारुहरुको आस्थाको प्रतिक मानिने धार्मीक सांस्कृतिक ऐतिहासिक प्राकृतिक जैविक विविधताले भरिपूर्ण विश्व रामसारमा सुचीृकत घोरीघोरा मन्दिरमा सामूहिकरुपमा मनाइने लवाङ्गी पुजा तथा घोरीघोरा महोत्सव २०७३ को आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ।

lawangi-01घोरीघोरा तथा संस्कृति संरक्षण समाज तथा लवाङ्गी पूजाका मूल समिति संयोजक जगनारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि आदिवासी मामिला स्थायी मञ्च सयुक्त राष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद सदस्य फुलमान चौधरी थिए। कार्यक्रममा विशिष्ट अतिथि इलाका प्रशासन कार्यालय सुखडका प्रमुख शितल सिह उखेडा ,विश्व हिन्दु महासंघ केन्द्रीय सदस्य एवं साना तथा मझौला कृर्षक वृद्धि आयोजना इकाई कमिटीका अनुगमन विशेषज्ञ रामबहादुर चौधरी, घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष पदम चौलागाई लगायतका थिए।

lawangi-05कुल देउताको रुपमा प्राचीन कालदेखि नै मनाउँदै आइरहको लवाङ्गी पूजाले सामाजिक सदभावका साथै पुर्खाहरुले विगतका समयमा पूजा गर्ने विधि विधान र घोरीघोरा देउथनुवाको धार्मिक मान्यतालाई बैधानिकता दिनका लागि प्रत्येक वर्ष मनाउँदै आइरहेको परमपरागत रीतिरिवाज र संस्कृति संरक्षणबाट आफ्नो पहिचानका साथै सामाजिक परिचयको महत्वबारे एकताबद्ध गर्नका लागि यस वर्ष मंसिर १९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

संस्थाका सचिव कालिराम चौधरीकोे स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,संघ संस्थाका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, बडघर, भलमन्सा, राष्ट्रिय थारु कलाकारहरुको सहभागीता थियो। थारु परमपराअनुसार वर्षभरि गरिएको खेती र जीवन रक्षाको लागि सामूहिकरुपमा आफ्नो कुल देउतालाई उत्पादन भएको अन्न रीवन रक्षाको लागि थारु रीतिरिवाजअनुसार सामूहिरुपमा बलि चढाएरमात्र नयाँ अन्न खाने प्रचलन थारु समुदायमा अहिलेसम्म चलिआएको परमपरा रहेको संयोजक चौधरीले बताए।

lawangi-10महोत्सवमा थारु समुदायको पुरानो गुरुवाहरुद्धारा नाचिने बडका नाच, महिलाहरुद्धारा सामूहिक नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच धमार, मांगरका साथै थारु समुदायको स्थानिय प्रतिभाहरुको संरक्षण संम्बर्द्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो समुदायको पहिचानलाई चिनाउनका लागि थारु प्रथावारे जानकारी दिन भल्मनसा (बडघर)को संयुक्तमा आयोजना हुने गरेको छ।

घोरीघोरा मन्दिर विशेष गरी थारुहरुको कुल देउताको रुपमा मानिने भएकाले यसको धार्मिक मान्यता र महत्व अहिले झन झन दिनप्रति दिन बढदै गैरहेको र यसले सामाजिक पहिचानलाई पनि चिनाउने भएको कारणले अवको दिनमा नयाँ पुस्तालाई घोरीघोराको कुल देउताको महत्वको साथै थारु रिति रिवाज पूजा गर्ने विधि परमपरालाई आजको युवा पिढीलाई यस वारे जानकारी दिन सहज हुने मुल समितिका सचिव काली राम चौधरीले बताएका छन।

lawangi-11थारु कला, धर्म संस्कृतिको संरक्षण, सम्बर्द्धन, घोरीघोरा तालको विकास पहिचान र पर्यटन प्रवर्द्धन भन्ने मुल नाराको साथमा सञ्चालन भएको लवाङ्गी पुजामा चर्चित थारु राष्ट्रिय गायक मनिराम चौधरी, गायक प्रदेशी कुशुम्या (दर्पण) थारु गायिका समिक्षा चौधरी, गायक रोशन रत्गैयाँ गजलकार श्याम चौधरी ( श्याम सरावी ) लगायतका कलाकारहरुको प्रस्तुति रहेनेछ ।

तस्बिर : स्माइल चौधरी

Leave a Reply

Your email address will not be published.