सहमतिका लागि प्रमुख दललाई फकाउँदै गच्छदार

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर सबैको चित बुझ्ने गरी निकास निकाल्नुपर्नेमा बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रमुख दललाई सहमतिमा ल्याएर यसलाई पारित गर्नुपर्ने विषय महत्वपूर्ण भएको बताए।

सीमाङ्कनमा एकैपटक सबैको चित्त बुझ्न नसकिने बताउँदै उनले दुवै पक्षले अतिवादी दृष्टिकोणलाई छाडी मध्यमार्गी बाटो अपनाएर समस्या समाधान गर्नुपर्ने सुझाव दिए। संविधान संशोधनका सम्बन्धमा आफूले प्रमुख दलबीच सहमतिका लागि वातावरण बनाउने पक्षमा प्रयास थालेको जानकारी गराए।

Leave a Reply

Your email address will not be published.