थारु महिलाले मनाए सिरुवा र जुड सितल

थारु महिला उत्थान समाज रामधुनीले थारु पर्व सिरुवा र जुड सितल मनाएका छन्। पूर्वी तराईमा धार्मिक आस्थाले मनाउँदै आएको पौराणिक संस्कार संरक्षणका लागि समाजले जुड सितल मनाएको हो।

उत्थान समाजकी अध्यक्ष सीता चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित अतिथीहरुले ठूलालाई खुट्टामा जल चढाई ढोग र सानालाई जलले टाउकोमा थप्थपाई आर्शीवाद दिई एक आपसमा जुड सितल मनाउने चलन रहेको बताए।

जुड सितलमा बिहानै आफूभन्दा ठूलो र जेष्ठ नागरिकबाट एका बिहानै पानि छ्यापेर वैशाखको सूर्यको किरणबाट मनमष्तिकमा हुनसक्ने असन्तुलनलाई रोक्ने र वर्षैभरि मस्ष्तिक सितल रहने विश्वासका साथ यो पर्व मनाउने गरेको सहभागीहरुले बताए।

कार्यक्रममा थारु महिला सभा सुनसरीका अध्यक्ष सुशिला चौधरी, थाकसमा केन्द्रीय सल्लाहकार रामराज चौधरी, समाजसेबी जयप्रकाश चौधरी, थाकस सुनसरीका सचिव मनोज चौधरी, थाकस रामधुनीका अध्यक्ष राजकुमार चौधरी, फोनिज सुनसरीका अध्यक्ष धीरेन्द्र चौधरी, थारु पत्रकार संघ सुनसरीका अध्यक्ष कुलदिप चौधरी, ममता चौधरी, आशा चौधरीलगायतले सिरुवा पर्व र जुड सितलको महत्वबारे चर्चा गरेका थिए।

Leave a Reply

Your email address will not be published.