टीकापुर घटनामा पक्राउ परेका परिवारद्वारा आन्दोलन घोषणा

टीकापुर घटनामा पक्राउ परेका परिवारहरुले ‘कारागार पीडित परिवार संघ’ गठन गरेको छ। संघमा सो घटनामा पक्राउ परेका २५ परिवारका सदस्य छन्। लक्ष्मण थारुका भाइ धनकुमार थारुको नेतृत्वमा सो संघ गठन भएको हो। उनीहरुले आइतबार धनगढीमा पत्रकार सम्मलेन गरेर आन्दोलनका कार्यक्रम घोषणा समेत गरेका छन्। 

संयोजक थारुका अनुसार कात्तिक २० गते धनगढीमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ। त्यस्तै पक्राउ परेकाहरुको रिहाईको माग गर्दै कात्तिक २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिन कार्यक्रम रहेको उनले बताए।

‘बिना कारण पक्राउ परेका हाम्रा दाजुभाइहरुलाई सरकार तथा नेताहरु छाड्न तयार देखिएनन्। हारगुहार गर्दा पनि कुनै निकायले सुनेनन्। अब यसविरुद्ध हामी धर्ना दिन्छौं,’ धनकुमार थारुले भने।

गत वर्ष भदौ  गतेको घटनामा संलग्न रहेको भन्दै कैलालीका २५ जना थारुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published.