ट्यांकर पल्टिँदा सिमाराका विनोद चौधरीको मृत्यु

त्रिभुवन राजपथको भैँसेबाट पालुङतर्फ डिजेल लिई जाँदै गरेको ना२ख २८ ५२ नंको टयांकर स्थानीय महभिरमा आज बिहान करिब २ बजे अनियन्त्रित भई करिब ६०० मि तल खस्दा त्यसका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्ला सिमरा–८ बस्ने २५ वर्षीय विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा ट्यांकरका चालक बारा गढीमाई नगरपालिका–७ बस्ने ३७ वर्षीय कुमार लामा र धादिङ जिल्ला गजुरी गाविस–८ बस्ने १९ वर्षीय मानबहादुर लामा गम्भीर घाइते भई अहिले हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी नियन्त्रण कक्षले जनाएको छ ।

दुवै घाइतेको अवस्था चिन्ताजनक रहेको र उनीहरुको थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पतालमा पठाउन लागिएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.