‘खवास जातिलाई थारु जातिको रुपमा नहेरौं’

खवास समाज परिषद केन्दीय कार्य समिति बिराटनगरले आज आफ्नो १९ औ बार्षिक साधारणसभा कोशी हरैचा नगरपलिका १४ मा सम्पन्न गरेको छ। प्रमुख अतिथि आदिबासी जनजाति माहासंघ मोरङका अध्यक्ष मिलन राईको आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता चनकलाल चौधरी खवासले गरेका थिए। कार्यक्रममा परिषदका केन्द्रीय महासचिव कुमार बिक्रम खवास ले प्रतिबेदन प्रस्तुत गर्दै गतिविधि प्रस्तुत गरे।
२०६८ को जनगणना अनुसार १८५१३ रहेको खवास जाति को गणना निकै कम र कम्तिमा दुई अढाइ लाख रहेको र यो जातिलाई थारु जातिको रुपमा हेर्न नहुने पूर्व अध्यक्ष तिलक चन्द्र चौधरी खवासले आग्रह गरे। बन्दसत्रको कार्यक्रम कोशी हरैचा नगर पालिका १४ स्थित जनता उच्च माबिमा हुँदैछ।

Leave a Reply

Your email address will not be published.