को आधिकारिक- विमल कि स‌ंजय? [टिप्पणी]

नेपाली राजनीतिमा भद्र सहमतिको धेरै अर्थ लाग्दोरैछ। भद्र अर्थात् मौखिक सहमति। यस्तै सहमति भएको थियो रे- थारु विद्यार्थी समाज, उपत्यका समितिमा। ओमनारायण महतोको कार्यकाल सकियो। उपाध्यक्ष गीता थारु अध्यक्षको दाबेदार बनिनन्। सचिव विमल चौधरी अध्यक्ष बन्ने पक्कापक्की भयो भद्र सहमतिअनुसार। तर नेपाली राजनीतिजस्तै तेहाँ पनि ट्विस्ट आयो- अर्का दाबेदार सदस्य संजय चौधरीले अध्यक्षको उम्मेदवारी नै घोषणा गर्‍यो। तेसपछि गुट र उपगुटहरु जन्मिए। अधिवेशन आयो। ठूला विद्यार्थी संगठनजस्तै तेहाँ पनि प्रतिनिधि विवाद भयो। संगठनभित्रका बलिया पक्षधरले संजयको साथ दियो र उनी अध्यक्षमा निर्विरोध निर्वाचित भयो। संजयको प्यानलै निर्विरोध भयो। किन? किनकि विमल प्यानलले अधिवेशन नै बहिष्कार गर्‍यो। अनि जन्म भयो समान्नतर समितिको अर्थात् विमलले अर्को उपत्यका समिति गठन गर्‍यो। केन्द्रीय कमिटी जिल्ल पर्‍यो। मिलाउने त दूरको कुरा यसबारे फेसबुकमा लेख्नु/बोल्नुबाहेक आधिकारिक केही धारणा सार्वजनिक गरेन।

तेसपछि सुरु भयो प्रतिस्पर्धाको। दुबै कमिटीले नयाँ नयाँ कामको थालनी गर्‍यो। एउटाले सम्मान कार्यक्रम गर्दा अर्कोले चेस प्रतियोगिता गर्‍यो। फेरि एउटाले सम्मान कार्यक्रम गर्दा अर्कोले बकतृत्वकला प्रतियोगिता गर्‍यो। दुबैमा टफ कम्पिटिसन चल्यो/चलिराछ। बाहिरका दर्शकहरु मुकदर्शक बनिरहे। दर्शकहरुले बारम्बार मिलेर जानुपर्छ भनिरहे। यी दुई कमिटीका प्रतिस्पर्धी (सदस्यहरु) भने आरोप प्रत्यारोपमा लागे। फेसबुकको भित्तामा एक अर्काबारे चाहिने नचाहिने कुरा लेख्न थाले। यसले एक तप्का आजित बने/बनेका छन्। तर केन्द्रीय कमिटी अझै मुर्दा बनिरहे। त्यो मुर्दा ब्युँझिए न समस्याको समाधान होस्।

असोजमा त्यो मुर्दाले जीवनदान पाउने कुरा छ। तर अहिल्यै भन्न सकिने आधार छैन। आखिर मुर्दा जगाउने ओखती बनेको छ र यो संसारमा? र, त्यो मुर्दाको पुनर्जन्म भए पनि त्यसले उपत्यका कमिटीलाई तह लगाउला भन्ने विश्वास लाग्दैन। किनकि यहाँ विधि विधान र कानुनको कुरा आउँछ। केन्द्रीय कमिटी आफैँ कानुनी प्रकियामा फेल खाइसकेको संस्था हो। कारण उसले धेरै वर्षसम्म संस्था रिन्यु गरेन। सम्भवतः राज्यले पनि थारु विद्यार्थी समाज नामक संस्थालाई खारेज गरिसकेको हुनुपर्छ। यस्तो बेलामा उपत्यका समिति मिलाउने कुनै आधार देखिँदैन। गल्ती हुन्छ। दुवै पक्षले गल्ती गरेका छन्। कसले कम र कसले बेसी भन्नेमात्र हो। त्यसैले यी दुई प्रतिस्पर्धी मिल्नुबाहेकको अर्को विकल्प यहाँ छैन।

हालसालै दुुई पक्षबीच चलेको फेसबुक बहस यस्तो छ:

facebook status 09 facebook status 03

facebook status 08

facebook status 07

facebook status 06

facebook status 05

facebook status 04

facebook status 03

facebook status 02

facebook status 01

Leave a Reply

Your email address will not be published.