कांग्रेसद्वारा दुःख व्यक्त, तीन दिनसम्म शोकसभा गर्ने

काठमाडौं- नेपाली कांग्रेसको आज बसेको आकस्मिक बैठकले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य भीमबहादुर तमाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। जीवनभर जनताको सेवालाई केन्द्रविन्दु बनाउँदै आउनुभएका आदर्श, निष्ठावान नेता तामाङको निधनले प्रजातान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको कांग्रेसद्वारा जारी शोक विज्ञप्तिमा जनाइएको छ।

पार्टी सभापति सुशील कोइरालाको अध्यक्षमा आज पार्टी कार्यालय सानेपामा बसेको बैठकले यही मङ्सिर १७, १८ र १९ गते तीनदिन केन्द्रीय कार्यालयसहित सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

बैठकले ती तीनदिन शोक कार्यक्रमबाहेक अन्य पार्टीका कुनै पनि कार्यक्रम नगर्ने पनि निर्णय गरेको छ। २८ गते सबै जिल्लामा शोकसभाहरू आयोजना गर्ने बैठकले निर्णय गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.