अर्को मधेसवादी दल गठन

काठमाडौं- मधेसवादी दलहरूबीच एकीकरण हुने चर्चा चलिरहेकै बेला ‘राष्ट्रिय मधेस बहुजन समाजवादी पार्टी’ नामको नयाँ दल गठन भएको छ। इन्तुराय यादव (मइकल) अध्यक्ष रहेको सो पार्टीको केन्द्रीय कार्यालय ललितपुरको शङ्खमूलमा छ।

मधेसवादी दलका नेताहरूले पार्टी खोलेर आफू र आफ्ना नातेदारको आर्थिक उपार्जनको माध्यम बनाएकाले उनीहरूबाट मधेसी जनताको हकहितको कुनै गुन्जायस नदेखेपछि नयाँ पार्टी गठन गर्नुपरेको पार्टी अध्यक्ष यादवले बताए।

मधेसी जनताको भावनाविपरित काम गर्ने नेताहरूलाई सचेत तुल्याउन आगामी कात्तिक १ गतेबाट पार्टीले मधेसी जनतामाझ जागरण, भन्डाफोर र जनचेतना अभियानसञ्चालन गर्ने जानकारी उनले दिए।

Leave a Reply

Your email address will not be published.