सुवास गच्छदारले कसे सृष्टि कार्कीसँग लगनगाँठो, विहे भोज अहिलेसम्मकै खर्चिलो !

सत्तारुढ दल फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजय कुमार गच्छदारले कान्छो छोरा सुवासको विवाह धुमधामसँग गरेका छन् । शनिबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा दिएको विवाह भोजमा देशका विशिष्ट व्यक्तिहरुदेखि लिएर मान्यगन्यहरुको बाक्लो उपस्थिति रहेको थियो । स्रोतका अनुसार गच्छदारले दिएको पार्टीको मूल्यांकन गर्ने हो भने अहिलेसम्मकै सर्वाधिक खर्चिलो एवम् भड्किलो पार्टी दिएका छन् ।

अख्तियारले भड्किलो पार्टी गर्नेहरुलाई कारवाही गर्ने उद्धघोष गरेपनि उपप्रधानमन्त्री गच्छदारले आफ्नो छोराको विहे भव्य रुपमा सम्पन्न गरिदिए । गच्छदारले छोराको विहे सफल एवम् भव्य बनाउन एक महिना लामो तयारी गरेका थिए । उनले यो विचमा मुलुकका सबै विशिष्ट व्यक्तिहरुसँग भेट गरेका थिए । नेपालस्थित् कुटनीतिक नियोगका प्रमुखहरुको पनि बाक्लो सहभागिता रहेको थियो । नेपालका लागि भारतीय राजदुत रण्जित रेको उपस्थितिसँगै भोजमा माहोल तातेको थियो ।

भोजमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख ओनसरी घर्ती, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थित् थियो । भोजमा नेताहरुवीच वर्तमान राजनीतिक परिस्थितिवारेमा समेत व्यापक चर्चा भएको थियो । भोजमा पुगेका प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेर बहादुर देउवावीच एकछिन फोटोशेसनै चलेको थियो ।

उनीहरुको वीचमा ठट्टा भएको स्रोतको जानकारी दिए । ओलीले देउवालाई कहिलेसम्म मलाई हटाउनुहुन्छ भनेपछि देउवाले जवाफमा भनेका थिए,‘अब समय आईसक्यो, तपाईको विदा हुने दिन आउँदैछ ।’ भोजमा ढिलो पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ओलीवीच भने भेट हुन सकेन । स्रोतले दिएको जानकारी अनुसार भोजमा करिव चार हजार मानिसको सहभातिा रहेको थियो । भोजमा सहभागी काँग्रेस नेतृ सुजता कोइरालाले पार्टी सभापति देउवा र प्रधानमन्त्री ओली मिलेर अघि बढ्नुपर्ने बताएकी स्रोतले दाबी गर्यो ।

subhash chaudhary weds Sristee Karkiसुवासले बानेश्वर निवासी सृष्टि कार्कीसँग विवाह गरेका हुन् । उनले २९ असारमा आफ्ना कान्छा छोरा सुभाषको विवाह एक अमेरिकी विश्वविद्यालयमा अध्यापन सहायकका रुपमा काम गर्ने सृष्टि कार्कीसँग गरेका हुन् ।

पुख्र्यौली घर जनकपुर भएकी सृष्टिका हजुरबुवा पूर्व न्यायाधीस हुन् । उनको परिवार अहिले काठमाडौंमा बस्दैं आएको छ । उनीहरुको विवाह राजधानीको एक पार्टी प्यालेस भएको थियो । पारिवारिक स्रोतकाअुनसार सुभाष र सृष्टिको प्रेम सम्बन्धलाई परिवारकै सहमतिमा विवाह सम्बन्धमा परिणत गरिएको हो । रमाइलो त के भने कुनै समय श्रृष्टिले सुभाषकै कम्पनी विराट इन्फास्ट्रक्चर डेभलमेण्टमा इकोनोमिक्स एनालाइसिष्टका रुपमा काम गरेकी थिइन ।

सुभाषले त्रिभुवन विश्वविद्यालयबाट पोलिटिकल साइन्समा माष्टर्स गरेका छन् भने युनिभर्सिटी अफ ओक्लाहोमाबाट इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्समा बिई गरेका छन् । उनी अहिले विराट ग्रुप नामक कम्पनीका संस्थापक र प्रबन्ध निर्देशक रहेका छन् ।

सृष्टि बुढानिकण्ठ स्कुलकी उत्पादन हुन् । नर्थ क्लोरिनाको सलेम कलेज सृष्टिले इकोनोमिक्समा ब्याचलर्स गरेकी हुन् । उनले अमेरिकाकै टफ्स युनिभर्सिटीबाट इकोनोमेटिक्स र क्वाटेटिभ इकोनोमिक्समा माष्टर्स गरेकी छिन् ।

उनी २ वर्षदेखि टफ्स युनिभर्सिटी मै टिचिङ एसिस्टेन्सका रुपमा कार्यरत छिन् । यसअघि उनले सन् २०११ मा एक वर्ष विराट इन्फास्ट्रक्चर डेभलमेण्टमा इकोनोमिक्स एनालाइसिष्टका रुपमा काम गरेकी थिइन ।

सन् २०१२ मा उनले ट्रान्परेन्सी इन्टरनेशनल भारतमा एक्सचेन्ज फेलो—कोअपरेट गर्भर्नेन्सका रुपमा काम गरिन् । सृष्टि त्यसपछि ट्रान्परेन्सी इन्टरनेशनल नेपालमा सन् २०१२ देखि सन् २०१४ सम्म प्रोग्राम अफिसरका रुपमा कार्यरत रहेकी थिइन ।

रिपोर्टस नेपालबाट साभार

Leave a Reply

Your email address will not be published.