भारतीय सेनाका पूर्व जनरलले देखेको थारु समुदाय

भारतीय सेनाका पूर्व मेजर जनरल अशोक के मेहताले थारुहरुको माग सम्बोधन नभएकोमा आश्चर्य प्रकट गरेका छन्। उनले थारुहरुका एक सर्वोच्च नेता विजयकुमार गच्छदार पटक पटक सरकारमा सहभागी भएको बताउँदै थारुहरुको माग सम्बोधन नहुनु आश्चर्य रहेको बताए।

‘थारुहरुको ठूलो नेता विजयकुमार गच्छदार हो। अहिलेसम्म कुनै त्यस्तो सरकार छैन जहाँ उनी उपप्रधानमन्त्री भएका छैनन्। अहिलेसम्म थारुको माग पूरा नहुनु अचम्मको कुरा हो,’ उनले थारुवानसँग भने।
उनले अहिले पनि गच्छदार प्रचण्डसँग मिल्न लागेको र यो सरकारमा सहभागी गराउन पहल गरिरहेको बताए। ‘पटक पटक उपप्रधानमन्त्री भइसकेका एक थारु नेताले किन आफ्ना समुदायका मागहरु पूरा गराउन सकेनन् सोचनीय विषय रहेको छ,’ उनले भने।

भारतले थारु समुदायसँग के चाहन्छन् भन्ने प्रश्नमा उनले भने- यो नेपालको आन्तरिक मामिला हो। यसलाई भारतसँग नजोड्नुस्। भारतले सीमान्तिकृत सबै समुदायलाई हेर्नपर्छ।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.