टीकापुर घटनामा पक्राउ परेकाहरुलाई हाफपाइन्ट र टिसर्ट वितरण

टीकापुर घटनामा पक्राउ परेका २४ जनालाई कपडा वितरण गरिएको छ। जिल्ला कारागार कैलालीमा रहेका २४ जनालाई हाफ पाइन्ट र टिसर्ट वितरण गरिएको थरुहट थारुवा संयुक्त संघर्ष समिति कैलालीका सदस्य इन्दु थारुले जानकारी दिइन्। उनका अनुसार ‘इमरजेन्सी रिलिफ फन्ड’अन्तर्गत कपडा वितरण गरिएको हो।
कैदीहरुलाई गर्मीमा लगाउने कपडाको समस्या भएको सूचना पाएपछि वितरण गरिएको उनले बताइन्। यसअघि पनि कैदीहरुलाई चाहिने विभिन्न सरसमान पुर्याउँदै आएको उनले बताइन्।

भदौ ७ गतेको टीकापुर घटनापछि प्रहरीले अभियुक्तका रुपमा उनीहरुलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published.