प्रियंका चोपडा घाइते

बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छिन् । हलिउड फिल्म ‘बेवाच’ छायांकनका क्रममा उनी घाइते भएकी हुन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले आफू घाइते भएको जानकरी दिएकी हुन्।

इन्स्टाग्राममा उनले प्राथमिक उपचारका लागि आवश्यक पर्ने औषधि लगायतको तस्बिर सेयर गरेकी छिन् । तस्बिरको क्याप्सनमा उनले लेखेकी छिन्– ‘काम गर्दा लागेको चोटको उपचार गर्दै ।’

आफूलाई कसरी चोट लाग्यो भन्ने चाहिँ उनले उल्लेख गरेकी छैनन् । ‘बेवाच’ फिल्ममा प्रियंकाले भिक्टोरिया नाम गरेकी युवतीको भूमिका निर्वाह गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published.